२०८१, २१ बैशाख शुक्रबार

खुला क्रिकेटमा जाजरकोट र योङ्गस्टार विजयी

 

images-4सुर्खेत, । सुर्खेतको वीरेन्द्रनगरमा जारी क्लब स्तरीय खुला क्रिकेट प्रतियोगितामा जाजरकोट युथ क्रिकेट क्लबले दोस्रो जित दर्ता गरेको छ ।

आफनो तेस्रो खेलमा सुर्खेतको भेक्टर स्टार क्लबलाई ४ विकेटले हराउँदै जाजरकोटले फाईनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

स्थानीय कालुञ्चोक मैदानमा टस जाजरकोटले टस जितेर पहिले फिल्डीङ रोजेपछि पहिले ब्याटिङ गरेको भेक्टरले निर्धारीत २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो ।

भेक्टरका समिर चन्दले ५५ रन बनाए पनि अरू ब्याट्सम्यानले दाहोरो अंकको रन जोड्न सकेन । १ सय १८ रनको लक्ष्य पाएर जवाफी ब्याटिङ गरेको जाजरकोटले १६ दशमलव ४ ओभरमा लक्ष्य भेटायो ।

जाजरकोटका रमेश सिंहले ४१ र प्रतिस जिसीले १५ रनको योग्दान दिए । प्रतियोगिताको म्यान अफ दि म्याच जाजरकोटकै रमेश सिंह भए ।

मंगलबार भएको अर्को खेलमा तातापानी क्रिकेट क्लबलाई ४८ रनको फराकिलो अन्तरले पराजित गर्दे योङ्ग स्टार क्रिकेट क्लबले अपराजित यात्रालाई निरन्तर कायम गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको योङ्ग स्टारले पुरै ओभर खेल्दै ८ विकेटको नोक्सानीमा १ सय २८ रन बनाएको थियो । १ सय २९ रनको लक्ष्य पाएको तातापानि १५ दशमलव २ ओभरमा अलआउट हुँदै ८० रनमा समेटियो ।

प्रतियोगितामा ३ वटै खेलमा जित हात पारेको योङ्ग स्टार ९ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यस्तै, एक खेलमा हार र दुई खेलमा पराजित जाजरकोट ६ अंकका साथ दोस्रो, २ खेल नै जितेर ३ अंक जोडेको एबिसी तेस्रो, ३ अंकनै भएको भेक्टर रनरेटका आधारमा चौथौ र सबै अहिले सम्मका सबै खेल गुमाएको तातापानी अंकविहीन अवस्थामा छ ।

प्रतियोगितामा आज (बुधबार) बिहान एबिसी युथ क्रिकेट क्लब र योङ्ग स्टार क्लब क्लब भिड्दै छन् ।
यस्तै, दोस्रो खेलमा जाजरकोट युथ क्रिकेट क्लब र तातापानी क्रिकेट क्लब मैदान उत्रने आयोजकको भनाइ छ ।