२०८१, ३० आश्विन बुधबार

मन्टेश्वरी शिक्षण बिधिनै भोलीको आधार हो – मल्लाह

pppp-300x225नयाँ विधि र प्रविधिको बिकास सँगै शिक्षण सिकाईमा पनि आमूल परिबर्तन आएको छ । शिक्षण सिकाईमा तल्लो तह देखी नै नयाँ शैली अपनाईएको पाईन्छ । यसैक्रममा पछिल्लो समयमा बालबालीकाको शिक्षामा मन्टेश्वरी बिधिलाई प्रयोगमा ल्याइएको छ । साधारणतया ४ देखी ५ बर्ष उमेर भएपछि बालबालीकालाई स्कुलमा भर्ना गरेको पाईन्छ । तर मन्टेश्वरी बिधि आए सँगै २ बर्ष देखिनै बालवालीकालाई स्कुलमा भर्ना गर्न थालिएको छ ।

मन्टेश्वरी बिधिबाट पढाउन थालिएको छ । यसै सन्दर्भमा प्रतिमा मल्लाह विगात १६ वर्ष शिक्षण पेशामा आवद्ध हँुदै, सामाजिकशास्त्रबाट स्नातक, कानुनबाट एलएलवी र बालमानो विज्ञानबाट स्नातकसम्मा अध्यान गरेकी मल्लाह मन्टेश्री एसोसिएन अफ नेपाल (म्यान)को क्षेत्रिय कोडिनेटर पनि हुन, यतिमात्र नभई उनि विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध पनि छन सामाजिक संस्था सुर्खेत महिला जेसिज वर्ष २०१६ को अध्यक्ष समेत रहेकी मल्लाह ।

डाइनामिक क्षमता, व्यवस्थापकीय कौशल र बौद्धिक व्यक्तित्वकी धनी उनै मल्लाह संग समग्र मन्टेश्वरी स्कुलको अवस्था, समस्या र चुनैति लगायतका विषयमा ईनयाँनेपालका लागी  यज्ञबहादुर खत्री ले गरेको सम्वादको सम्पादीत अंश हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

१. मन्टेश्वरी विद्यालय कस्तो विद्यालय हो ?

====== मन्टेश्वरी विद्यालय भनेको एकदमै प्रयोगातमकरुपमा बच्चाहरुको रुचि र अभिबृद्धिलाई मध्यनजर राख्दै सिकाईने एउटा प्रविधि हो । जहाँ मन्टेश्वरी विधिप्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप गरिन्छ, पुर्णरुपमाबालबालिकाद्धारा नै क्रियाकलाप हुने गर्दछ, जहाँप्रशस्त शैक्षिक सामग्रीको प्रयोग हुन्छ । यस्तो विद्यालय नै मन्टेश्वरी विद्यालयहो ।

२. मन्टेश्वरीको अर्थ के हो र कहाँबाट आएको शिक्षण सिकाइहो ?

====== मन्टेश्वरी भनेको एकजना व्याीक्तको नाम हो । पुरा नाम भन्नु पर्दा डा।मारिया मन्टेश्वरी हो । उहाँ इटलीयन नागरिक हुनुहुन्छ । जस्ले आज भन्दा ५० वर्ष अगाडि मन्टेश्वरी अभधारणको सुरुवात गर्नु भएको थियो । सुस्त मनस्थीतीका वालवाललिकाहरु जस्तै आँखा, हात नभएका बाल बच्चाहरुको विकासका लागी केही गर्न सके हुनथ्यो भनेर उहाँले धेरै अध्ययान गरेर मनटेश्वरीमा प्रयोग गरेर पढाईने सामाग्रीहुन्छ त्यो सामाग्रीलाई चयन गरेर उहाँले यो विधीको सुरुवात गर्नु भएको थियो । अर्थात बालबालिकाले आफ्नो वातावरणसँग अन्तरक्रिया गरी आफ्नो व्यक्तित्व निर्माण गर्न सक्छन भन्ने कुरा शिकाउने शिक्षा नै मनटेश्वरी शिक्षा हो ।

३.वालवालिकालाई मन्टेश्वरीकोे आवश्यकता किन ?

====== वालवालिकालाइ मनटेश्वरीको आवश्यकता किन भन्दा हामीले बाहिरी देशहरुमा हेर्दा जस्तै यूरोप, अमेरीकन नागरिकहरु एकदमै विकसित भएको पाउँछौँ । त्यस्को कारण हो उनिहरुको पढाई, लेखाई व्यवस्थीत वातावरण र सही समयमा भएकाले होला एकदमै विज्ञ छन । उनिहरुले गर्ने हरेक काम मनबाट, दिमाग लगाएर काम गर्ने गर्छन भने हाम्रो देश नेपालमा शिक्षालाई यती जटिल रुपमा हेरियको छ कि बच्चाहरुलाई पढनै पर्छ, पास हुनै पर्छ भनेर दवाव दिईन्छ ।

अर्थात बोडिङ स्कुलहरुमा बालबाललिकाहरुलाई डरायर त्रास पुर्ण वातावरणमा पढाईन्छ । पढनलाई कर, काप गरिन्छ यो कर काप नगरेर उनिहरुलाई रमाइृलो गर्दै उनिहरुले मन पराउँने बाल संसारमा राखेर राखेर शिक्षण शिकाई गर्दा बालबच्चाको बालमस्तीक्समा विकास हुन्छ भनेर यो विधि यूरोप, एसिया हुँदै नेपालमा आएको शिक्षाण सिकाई प्रणाली हो । विगत १५ वर्ष देखी सुरुवात भएको छ । त्यसैले वालवालिकालाई त्रासपुर्ण वातावरणबाट टाढा राखी आफनै ईच्छाअनुसार पढाईन्छ जस्ले गर्दा बालबालिकाको मस्तीक्समा पनि सकारात्मक परिवर्तन आउँछ । त्यसैले बालबालिकाहरुको लागी मन्टेश्वरीको आवश्यकता छ ।

४. विद्यार्थीको जग मन्टेश्वरी विधिभनिरहँदातपाईलाई कस्तो लाग्छ ?

====== सही कुरा हो । किनकि मैले मध्यपश्चिम्मै पहिलो पटक सुर्खेतमा मन्टेश्वरी खोल्ने अवसर पाए । त्यस्ले गर्दा मैले खोल्दा शुरुवाती कालमा निकै गारो थियो । मन्टेश्वरीको अवधारण बुझाउँनै सकेको थिएन । किनकि प्रायले खेल्ने मात्रै हो, रमाउँने मात्रै हो भनेर लिनु हुन्थ्यो । तर आज मन्टेश्वरीको विकास यसरी बढेको छ कि प्रत्योक बालबाललिकाहरुलाई यसको एउटा जगको सुरुरवात गरिन्छ ।

बच्चालाई मन्टेश्वरीमा भर्ना गरियो भने उसले त्यहाँबाट प्रयाप्त मात्रामा ज्ञान हाँसिल गर्न सक्छ भन्ने बुझाई छ । मानवका लागि बालापन अत्यन्त महत्वपूर्ण हुन्छ । बालापनले नै पछि कस्तो पुरुष महिलाबन्ने भन्ने कुरा निर्धारण गर्दछ । त्यसैले जग गुणस्तरीय हुन जरुरी छ ।

५. मन्टेश्वरी विधि पढ्दा धेरै खर्च गरेर पढ्नु पर्ने, पछि मन्टेश्वरी पार गरेर गएपछि त्यस्तै वातावरण पाउन सक्छ विद्यार्थीहरु ?

===== हाम्रो देश नेपाल शिक्षामा एकदमै पछाडि परेको छ । हामी शिक्षाको विकास क्रम्मा नै छौँ । त्यस्ले गर्दा पनि वालवालिकाले यस्तो समस्या खेप्नु परेको हो । किनकि हाम्रो ठाउँमा निजी विद्यालयहरु प्रश्स्त मात्रमा छन । कस्तो भने निजी विद्यालयमा वालवालीकाहरुकै लागी भनेर थेरै रकम छुटायर उनिहरुकै विकासका लागी भनेर धेरै सामाग्रीहरु किनेर देखायर उनिहरुलाई संग संगै पढाएर छुन दिएर खेल्दै अभ्यास गराउने कुराहरु कमै मात्रामा भएको पाईन्छ ।

जुन कुराको कमीले गर्दा मैले मन्टेश्वरीको स्थापना गरेको हुँ । जहाँ धेरै लगानी गरिएको छ । हामीले जुन लगानि गरेका छौ स्कुलमा त्यो लगानि एकदमै बालबालिकाको बिकासलाई मध्यनजर गरेर राखेको हो । त्यस्लाई त्यति महङगो भन्न मिल्दैन । हामीले थोरै पैसामा गुनस्तरिय शिक्षा प्रदान गर्दै आएका छौँ । हामीले पछि सम्म पनि मन्टेश्वरी विधिप्रयोग गर्न सक्छौँ । खासगरी बालापनमा नै हामी सचेत भएर आफ्नो बच्चालाई गुणस्तरीय वातावरणका साथमा गुणस्तरीय शिक्षादिन सक्यौँ भने बालकपछि गएर अवस्य राम्रो बन्ने छ । भनिन्छनि घर राम्रो बन्नलाई जगको महत्वपुर्ण भूमिका रहन्छ । त्यसै गरी मानिस राम्रो र सक्षम बन्नका लागि बालापन राम्रो हुनु जरुरी छ ।

६. मन्टेश्वरीमा पढेकाबालबालिका कस्तो हुनुपर्दछ जस्तो लाग्छ तपाईलाई ?

==== मन्टेश्वरी पढेको बालबालिकाहरु एकदमै जागरुप हुन्छ । हरेक सानो सानो कुरालाई पनि एकदमै रुचिदिएर सोध्ने, उनिहरुले स्कुलमा सोध्दा मन्टेश्री स्कुलमा आउँनेहरुलाई उत्तर दिन्छौँ । त्यस्तै किसिमको उस्ले आफनो घरमा त्ही किसिमको वातावराण खौज्छ जस्ले गर्दा मान्छेहरुलाई लाग्छ कि मन्टेश्वरीमा पढेको बच्चा एकदमै बाठा टाठाँ हुन्छन भन्नु हुन्छ ।

वास्तवमा त्यो नभईकन उनिहरुले धेरै मात्रामा आफनो जिज्ञासाहरु मनमा हुन्छ त्यो जिज्ञास प्रत्यक्ष देख्दा, छुँदा, जिज्ञासु भएर सोधन चाहान्छन जस्ले गर्दा बच्च बच्चिहरु बठाहुन्छन, कसंसंग डराउँदैन्न, हामीले बनाउँन खोजेका पनि त्यही हो निडर, साहासिक भयर आफनो अध्यानलाई पुरा गर्न सक्छन अर्थात विद्यार्थीहरुमा प्रश्न र छलफल गर्न सक्ने, आन्तरिक क्षमता तथा जिज्ञासु हुनुपर्दछ । उनीहरु आँफू बसेको समाज, देश र विश्वको बारेमा जानकारी हुनुपर्दछ । उनीहरुमा आत्मसम्मान लिने एवं अरुको सम्मान गर्ने हुनुपर्दछ ।

७. मन्टेश्वरी र डेकिएर होम विचको फरक चाँही के ?

==== मनटेश्वरी र डेकेएर होम विचको फरक के त भन्दा मन्टेश्वरी जस्तै थुप्रै अवधारणहरु लिएर खुलेका पुर्व प्राथामिक तहका विद्यालयहरु पनि छन । हामीले पढाउँने मारिया मन्टेश्वरीको सिद्धान्तमा आधारित भएर मन्टेश्वरी स्कुलको स्थापना गरि विभिन्न सामाग्रीहरु प्रयोग गरेर पाँचवटा ईन्द्रीयहरुको विकासका लागी विशेष गरेर सिकाईने शिक्षा नै मन्टेश्वरी शिक्षा हो भने अरु डेकिएर होम भनेको बच्चाहरु आउँने, खुवाउँने, साताउँने उनिहरुलाई पनि सिकाउँने हुन्छ तर उनिहरुको सिकाई र हाम्रो सिकाई एकदमै फरक हुन्छ । किनकि हामीले उनिहरुलाई जवरजस्ती सुताएर, जवरजस्ती खेलाएर, पढाउँने गर्दैनौँ उनिहरुलाई के गर्न मन छ र हाम्रो हरेक चिजहरु खेली खेली पढिरहेका हुन्छन । जुन शैक्षिक विषय संग एकदमै संम्वन्धीत रहेको हुन्छ ।

८. तपाईहरुलाई लाग्ने एउटा आरोप आफनै मनपरि ढंगबाट चर्को शुल्क अशुल्छन भन्ने पनि छ नि ?

==== यो हाम्रो सुर्खेतको मात्रै समस्या हैन, देश भरिकै समस्या हो, सबै ठाउँमा यस्तै छ । किनकि जुन किसिमले हाम्रो स्कुल प्रतिक्षा मन्टेश्वरी चिल्ड्रेन होम विगत नौँ वर्ष देखी संञ्चालन गरेका छौँ । मेरो स्कुलमा जो अभिभावकहरुले आफनो बच्चा पढाउँनु हुन्छ उहाँहरुलाई मात्र थाहा हुन्छ कि अरु स्कुलको भिन्नता र हाम्रो स्कुलको भिन्नता के छ भनेर किन भने हामीले बालबच्चाको बिकासको लागी उनिहरुले प्रयोग गर्ने सामानहरु जुन अन्तराष्ट्रिय स्तरका छन ।

त्यो लेवलका सामानहरु एकदमै महङगो हुन्छ । त्यही महङगीका कारणले पनि हामीले एउटा निर्धारित शुल्क बनाएका छौँ । हाम्रो विद्यालयमा काम गर्ने प्रत्योक शिक्षीकाहरु तलिम प्राप्त हुनुहुन्छ । बिगत भन्दा अहिले म आफैले पनि तालिम दिने भएकाले आफैले तालिम दिएका व्याक्तिहरुलाई राखेको छु । जस्ले गर्दा बालवालिकाहरुको बिकास होर भनेर । तालिम लिएका शिक्षीकाहरुलाई हामीले तलव पनि राम्रो दिनु पर्ने हुन्छ । जस्ले गर्दा अलिकती भएपनि शुलक तलमाथी हुन जान्छ ।

९. मन्टेश्वरी सञ्चालनका लागी पुरा गर्नु पर्ने मापडण्डहरु के के हुन ?

===== एकदमै महत्वपुर्ण प्रश्ना गर्नु भयो अहिले जती पनि मन्टेश्वरी खुलेका छन ति मन्टेश्वरिहरु वास्तविक मन्टेश्वरी हुन कि हैन्नत भन्ने कुरा छ । त्यस्ले कस्तो खाल्को मापडण्ड पुरा गरेको छ भन्ने हो । विद्यार्थीले समाज, ईतिहाँस, भुगोल, आदी सबैकुराहरु देखेर, छोएर हेरेर सिक्ने गर्छन । हामीले साँचो मन्टेश्वरी कुन हो भनेर खोजनु पर्ने अवश्था आएको छ । किनकि सबै देखा सिखीमा खोल्ने गरिएको छ ।

च्याउँ उम्रेको जस्तै गरेर खुलिरहेका छन त्यो मात्र नभई छ महिने, एक वर्षे तालिम लिएर खोल्नु पर्ने हुन्छ, खोलिसके पछि बालमैत्री कक्षाकोठा, उपयूक्त बालमैत्री खुल्ला बातावरण, सुत्नाको लागी छुटै आराम दायी कोठाको व्यावस्था, पोसन यूक्त खाना, विद्यालय शिक्षा पुरा गरि तालिम प्रप्त शिक्षक, वालपुस्तकालय र ल्याव, स्वास्थे परिक्षण आदी कुराहरु पुरा गरेको छकि छैन भनेर हेर्न आवश्यक छ । वालवाललिकाको लागी उपयूक्त सामाग्रीत छ तर त्यो सामाग्रीको बारेमा जानकार छकि छैन भनेर अभिभावकले अवलोकन र मुल्याङकन गर्ने जरुरी छ ।

१०. मन्टेश्वरीलाई नियमन गर्ने निकाय नभएर मनपरि तन्त्र चालिराछ हो ?

===== नियमन गर्ने कुराहरु छ म आफै पनि अर्थाराईट भएको निकायमा रहेको व्याीक्त हो । तर म आफैले पनि थाहा पाउँछु कतिपए स्कुलहरु टेर्निङ नै नलिएर खोल्नु भएको छ । कतिपए म संगै तालिम लिएर खोलिएका स्कुलहरु पनि छन । त्यो देख्दा खुसी पनि लाग्छ किन भने यो मन्टेश्वरी स्कुलको बिकास हुनु भनेको राम्रो कुरा हो । सुर्खेतका बालबालिकाहरुले सहितरिकाबाट पठन पाठन गर्न पाउँछन । तर धेरै मन्टेश्री भएपनि हामी एक ठाउँमा आउँन सकिरहेका छैनौँ तर एकदिन वाध्यभएर एक ठाउँमा आउँनु पर्ने हुन्छ । त्यती बेला राम्रो तरिकाले लान्छौँ भन्ने आषा रहेको छ । चाँडो भन्दा चाँडो हुन्छ पनि होला र गर्छु पनि ।

११. कतिगो कठिनाई छ मन्टेश्वरी स्कुलहरु सञ्चालन गर्न ?

====== एकदमै गारो छ । मैले सुर्खेतमा पहिलो पटक मन्टेश्वरी खोल्दा जम्मा तिन जना विद्यार्थी हुनुहुन्थ्यो । यो अलि फरक किसिमको अवधारण हो । हाम्रो समाज कस्तो छ भने तिन वर्षको बच्चा स्कुल पठायको एकमहिना भित्रै त्यस्को रिजल्ट खोज्नु हुन्छ । उस्ले लेखेको, उस्ले बोलेको उस्ले गरेको व्यवहार तुरुनतै परिवर्तन होस भन्ने चाहानु हुन्छ । तर अहिलेको बच्चाहरु त्यस्तो प्रकारको छैन्न जुन तुरुन्तै परिवर्तन हुने र ढाई तिन वर्षको यस्तो उम्मेर हो तिनिहरुलाई पढायर भन्दा पनि बुझाएर भाषाको ज्ञान लिनु हुन्छ ।

त्यतीखेर भखर बेल्न सिकेको बच्चालाई हामीले जती भाषाको ज्ञान दिन्छौ त्यती तिनिहरुको ज्ञानको विकास हुन्छ दिमागको त्यो कुरालाई मध्यनजर गर्दै हामीले शिक्षण गर्नु पर्ने हुन्छ भन्टेश्वरीमा त्यसैले एकदमै चुनौति पुर्न रहेको हुन्छ । अभिभावकलाई बुझाउँद बुझाउँदा हामी थाक्छौँ ।

१२. तपाई आफैमा मन्टेश्वरी एसोसिएन अफ नेपाल ९म्यान०को मध्यपश्चिम कोडिनेटर हुनुहुन्छ त्यस्तैले मन्टेश्वरिलाई व्यवस्थि गर्न कस्तो खाल्को आचार संहिताको आवश्यक छ जस्तो लाग्छ ?

===== हाम्रो आचार संहिता पनि छ, आज भन्दा तिन वर्ष पहिले काठमाडौँमा म्यान संस्था मार्फत दर्ता गरेका छौँ । हामी यही जेष्ठ महिनाम लाण्डन मन्टेश्वरी संग एक्सलेटर हुँदैछ मेरो स्कुल पनि त्यो हुनुको कारण के त भन्दा मेरो स्कुल अन्तराट्रिय पद्तीबाट गईसक्यो । किन भने काठमाण्डौँका कतिपए स्कुलहरु म्यान संग आवद्ध रहेरका छन । हामीले प्रतिक्षा मन्टेश्रीमा पढाउँने पाठ्यक्रम अन्तराष्टिय स्तरको हुन्छ । म्यानको मुख्य उद्देश्यभ भनेको कसरी राम्रो मन्टेश्वरी उत्पादन गर्ने भन्ने हो । राम्रो मन्टश्वरी उत्पादन भएभने राम्रो बच्चा उत्पादन गर्ने मुख्य आश्य हो । र हाम्रा अन्य साथीहरु पनि यो पद्धतिलाई पछयाउँनु हुनेछ भन्नेमा म विश्वस्त छु ।

१३. मन्टेश्वरी स्कुलको विशेषता के हो ?

==== गुरुकुल मन्टेश्वरी स्कुलको विशेषता बेग्लै किसिमको छ । हाम्रो बालबालिकाहरुलाई हामीसानै देखि समय सापेक्षित वातावरण दिइराखेका छौँ । जसले गर्दा ठुलो हुँदा हडबडाउन नपरोस । जुनसुकै ठाउँमा पनिखुशी साथ रहन सक्ने वातावरण तय गरेका छौँ । जस्तै संगितकक्षा, नृत्य कक्षा, योगाकक्षा, घोडचढि यस्ता विभिन्न अतिरिक्त क्रियाकलापहरुलाई पनि हामीले जोड दिएका छौँ । अर्को मुख्य कुरा त बालबालिकाहरुको स्वास्थ्यलाई ध्यानमा राखी हामी स्वस्थकर खाना, शुद्ध पीउने पानी, स्वच्छ वातावरण पर्याप्तरुपमा उपलब्ध गराईरहेका छौँ । यो नै सबै भन्दा खुशीको कुरा हो ।

१४. मन्टेश्वरी स्कुलहरु खुल्ने क्रम त होडबाजी देखिन्छ, कतै व्यापार त हैन ?

===== शिक्षालाई व्यापार भन्न मिल्दैन । नेपाल सबैभन्दा पछि परेको कारण नै गुणस्तरीय शिक्षाको कमीहो । यहाँको शिक्षा समय सापेक्षित नभएर समय कटाउने किसिमको भएकै कारणले गर्दा हामी नेपाली पछि पर्न गएकाहौँ । वास्तम्वमा नेपालमा मन्टेश्वरीको महत्व भर्खरै भर्खरै थाहा भएका कारण मन्टेश्वरी स्कुलहरुको माग बढ्दो क्रममा रहेको छ । माग बढेपछि पुर्ति पनिहुनु जरुरी छ तर यसको सही सदुपयोग हुनुपर्दछ ।

१५. मन्टेश्वरी स्कुलको गन्तव्य के हो ?

==== मन्टेश्वरी स्कुलको मुख्य गन्तव्य भनेको विद्यार्थीहरुको विद्यालयीय जिवनको सार्थक र सर्वाङ्गीण विकास गर्नु हो । जसबाट विद्यार्थीहरुको सामाजिक तथा शैक्षिकदुवै क्षेत्रमा पुर्ण दक्षता हाँसिल गरी सार्थक जिवन यात्रागर्न सकुन । सार्थक जिवनका लागि सार्थक शिक्षा, यस्तो शिक्षा चुनौति पूर्ण, उत्पे्ररणात्मक, उत्साहपुर्ण तथा उचित रेखदेख पूर्ण वातावरणमा उपलब्ध गराईन्छ ।

१६.अन्त्यमा मन्टेश्वरीमा नै बालबालिकालाई किनभर्ना गर्ने ?

===== मन्टेश्वरी भनेको बालबालिकाहरुलाई समयको माग अनुरुपको शिक्षा दिने एउटा स्रोत हो । यहाँ हामीले बालबालिकाहरुलाई आफ्नो संस्कृति, संस्कार, व्यवहारिक ज्ञान, नैतिकताको साथै गुणस्तरीय शिक्षा दिने स्थान हो । त्यसैले मन्टेश्वरी विद्यालय अन्य विद्यालयकोे तुलनामा बेग्लै किसिमको रहेको छ । र अन्तमा मन्टेश्वरी शिक्षाको वारेमा केही कुरा खाख्ने अवसर दिएकोमा तपाई लगाएत हाम्रो नयाँ नेपाल दैनिक परिवारलाई धेरै धेरै भन्यवाद दिन चाहान्छु ।