पुरानै स्वरूपमा देखियो अछाम दरबार
अछाम, असार २३ । ठेक्का लागेर काम सुरू भएको १६ वर्षपछि अछाम दरबार पुनःनिर्माणको काम सम्पन्न हुने चरणमा पुगेको छ । ऐतिहासिक दरबार पुरानै स्वरूपमा देखिँदा स्थानीय खुसी छन् । २०५८ फागुन ४ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा जिल्लास्थित सरकारी कार्यालय रहेको अछाम दरबार ध्वस्त भएको थियो । मंगलसेन बजारको बीचमा रहेको
दरबार पुनः निर्माणको काम राजनैतिक दबाब, ठेकेदारको लापरबाही लगायतका कारणले प्रभावित भएको स्थानीय बताउँछन् । पटकपटक दरबार पुनःनिर्माणको विषयलाई चुनावी एजेण्डा बनाउने तर काम नगर्ने परिपाटीले अहिलेसम्म ओझेलमा परेको खकेन्द्र विकले बताए ।
चुनावी एजेण्डा बनाएका यहाँका राजनैतिक दलहरूलेसमेत दरबार माथि राजनीति गरे । अहले निर्माण सम्पन्न हुने देखिएपछि आफूले बनाएको भन्दै राजनैतिक दलहरूले जस लिन खोजेका छन्,’’ उनले भने, ‘‘अब दरबार निर्माणको काम लभगभ सकिन थालेको छ । अनावश्यक राजनीति गरेर काम नरोकियोस् ।’’
मंगलसेनको गहनाको रूपमा रहेका दरबार ध्वस्त भएपछि बजार नै अधुरो र सुनसान भएको मंगलसेनका ८०
वर्षीय कपुरे नगार्जी बताउँछन् । ‘‘ढिलै भए पनि दरबा र पुरानै ज स्ता े देखिसकेको छ । यो दरबारसँग अछामको पूरै इतिहास जोडिएको छ । यो ध्वस्त दरबार ब्यूतिनु मात्रै होइन । इतिहास नै एकपटक फेरि उठेको जस्तो लागेको छ,’’ उनले भने ।
पुरातत्व विभ ाग मातहतमा बनिरहेको दरबार निर्माण सम्पन्न हुन थालेसँगै अब कसको स्वामित्वमा लैजाने भन्ने विषयमा छलफल हुनुपर्ने मंगलसेन नगरप ालिक ाक ा नगर प्रमुख पदमबहादुर बोहराले बताए ।
‘‘पहिले प्रशासन, प्रहरीलगायतका सबै सरकारी कार्यालय यसै दरबारभित्र थिए । अहिले सबै कार्यालयका छुट्टाछुट्टै भवन बनिरहेका छन्,’’ उनले भने, ‘‘दरबारलाई संग्रहालय बनाउने हो भने दरबारभित्र रहेका पुराना इतिहास देखिने सबै चिज ध्वस्त भइसकेका छन् । यहाँभित्र के राखेर संग्रहालय बनाउने प्रश्न पनि उठ्ला ।’’
दरबारको संरक्षण पनि हुने भएकाले मंगलसेन नगरपालिकाको प्रशासकीय भवन नै बनाउने तर्फ पहल गर्नुपर्ने उनले बताए । स्थानीय प्रशासनले निरन्तर निगरानी गरिरहेकाले दसैं अगावै दरबार पुनःनिर्माणको काम सम्पन्न हुन सक्ने अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए ।
‘‘दरबारको छाना छाइसकिएको छ । पानी परेको बेला पनि भित्रको काम गर्न सकिएको छ,’’ उनले भने, निर्माणको काम सकिए लगत्तै दरबारको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुपर्ने देखिन्छ ।’’
सरोकारवाला बसेर दरबारको सही व्यवस्थापन र दिगो संरक्षणका लागि कार्यविधि नै बनाएर अघि बढ्नुपर्ने उनले बताए । दरबार निर्माणको २०६७ मै निर्माण सम्पन्न गर्न राजेन्द्र, साउद, तुल्छिदुर्गा, बडिमालिका र कुवँर गरी पाँच वटा निर्माण कम्पनीसँग २ करोड २५ लाखमा ठेक्का सम्झौता भएको थियो । सुरूमा मीनबहादुर कुवँरको नाममा अख्तियारी आए पनि काम गर्न नसक्दा अरू निर्माण कम्पनी केही रकम लगेर बाहिरिए । हाल निर्माणको जिम्मा राजेन्द्र र साउद कन्स्ट्रक्सनले लिएको छ । पुरानै संरचना अनुसार दरबार निर्माण गर्नुपर्ने भएकाले आवश्यक साल प्रजातिको काठ सजिलै उपलब्ध नहुने भएकाले दरबार निर्माणको काममा ढिला भएको निर्माणको जिम्मा लिएको साउद कन्स्ट्रक्सनका सञ्चालक जयबहादुर साउदले बताए ।
दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, मालपोत, जिल्ला अदालतलगायत कार्यालय सञ्चालन भए पनि सदरमुकाम आक्रमणका बेला भने जिल्ला प्रशासन कार्यालय मात्र थियो ।