२०८१, १९ बैशाख बुधबार

अदानचुलीले पनि एउटा एमबीबीएस डाक्टर जन्मायो !

प्रिय मदन जी ।
तपाईंलाई मेरो तर्फबाट धेरै धेरै बधाई छ । एमबीबीएसको अन्तिम परीक्षामा पास हुनुभएको खबरले निकै खुसी लाग्यो । अदानचुलीले पनि एउटा एमबीबीएस डाक्टर जन्माउँदा बधाईको ओइरो आयो तपाईंको जिन्दगीमा  कयौं परीक्षाका त बाँकी नै छन्। हरेक परीक्षामा पनि हरेस नखाई सफल हुनु मेरो तर्फबाट अग्रिम शुभकामना पनि छ।

मदन भण्डारी जी तपाईंको यहाँसम्मको यात्रामा  कैयौँ हन्डर ठक्कर नखाईकन सङ्घर्षका बाबजुद सजिलै तरिकाले पास पक्कै हुनुभएन होला । बाँकी कुरा म पत्रकारिता र राजनीतिशास्त्रको विद्यार्थी भएको नाताले यति कलम चलाउनै पर्छ ।
अदानचुली पूर्वाधारको बाधक बन्न पुग्दा हरेक कुरामा रोइरहेको छ। तपाईँका बुबा नेत्र भण्डारीले तपाईँलाई एमबीबीएस डाक्टर पढाउनका लागी कति धेरै गोल चक्कर खान पर्यो हामीले देखेकै कुरा हो यदपि त्यही अनुसारको लगनशीलता देखे म यति धेरै खुसी छु ।  आज तपाईं अदानचुलीको पहिलो डाक्टर हुनुभएको छ। तपाईंसँग दोस्ती गर्न मेरो लागि यो मिठो संयोग हुनेछ । जसरी कर्णालीले डाक्टर नपाएर लाखौं रोगी पीडितले अल्पायुमै ज्यान गुमाएको छ ।
मलाई भावनामा ठेस लागेको छ जिन्दगीमा भनेजस्तो कहाँ हुन्छर रु मेरा बा लाई पनि अकस्मात् बिमार लाग्यो उपचारको लागी सुर्खेतमा पुर्याउने योजना गरेका थियौ। पुइमा भन्ने ठाउँमा चेकजाँच गरौँ कि भन्ने निर्णयपछि स्वास्थ्य चिकित्सकले भोलि बिहान सम्म तपाईंको बिरामीलाई सन्चो भैहाल्छ भन्ने सान्त्वना दिएपछि हामीले त्यतै भर्ना गर्यौ । मैले ऋणको लागी धेरै सँग हार गुहार गरेपनि भनेजतिको ऋण नपाउँदा निरासमा थिए। मेरा बाका प्रिय मान्छेहरूले तल जसरी पनि लैजा हामी पैसा जता बाट भएपनि जुटाएर पठाइदिउँला भनेपछि  म मेरा बाको गार्जेन भएर  आए । रफ्तारमै कुदाएर ल्याएका थियौँ हुम्ला र बाजुराको सिमाना कवाडी भन्ने ठाउँमा मेरा बाको अन्तिम अवस्था थियो र मैल बालाई गुमाउनै पर्ने स्थिति भयो । गतिलो चेकजाँच गर्ने डाक्टर भएको भए वा कुनै राम्रो ठाउँ भएको भए बा जसरी पनि  बाँच्नु हुन्थ्यो ।
मदन जी उपचार नपाएर मेरा बाले अकालमा ज्यान गुमाउनु भयो मेरा बा मरेजस्तै अरुका बा आमा पनि यसरी मर्न नदिने नेतृत्व गर्ने डाटर जन्माएको छौँ  भन्ने आशा लागेको छ ।

अदानचुलमिा राम्रो डाक्टर नपाएर हैरानमा थियो  बोझ कम गर्न तपाईंको अहम् भूमिका हुनेमा म विश्वस्त छु।