२०८०, १७ फाल्गुन बिहीबार

श्रीमतीको भड्डु प्रहारबाट दैलेखमा श्रीमानको हत्या

सुर्खेत ।  श्रीमतीले खाना बनाउँने भड्डु प्रहार गरेर दैलेखमा श्रीमानको हत्या गरेकी छन् । नौमूले गाउँपालिका–४ कालिका गाउँकी ३५ वर्षीया सीता योगीले श्रीमान ३८ वर्षीय भीमबहादुर योगीको हत्या गरेकी हुन् ।

‘योगीका छोराछोरीले बताएअनुसार पहिले श्रीमानले हात छोडेछन्, ढेडो पकाएको भड्डुले श्रीमतीले हानी छन् अनि दाउराले पनि टाउकैमा हानी छन् । अत्याधिक रगत बगेर श्रीमान् चाहिँको ज्यान गएछ’ जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले भने ।