२०८१, २० बैशाख बिहीबार

दुर्घटना न्युनिकरणमा सचेतना फैलाउन ट्राफिक सप्ताहा कार्यक्रम

सुर्खेत । दैलेखमा सवारि दुर्घटना न्युनिकरणमा सचेतना फैलाउनका ट्राफिक सप्ताहा कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय दैलेखको संयुक्त आयोजनामा दैलेखमा संचालन गरीएको हो ।

सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवाला र नागरिकको भूमिकाको बारेमा जिम्मेवारी बोध गराउने उद्देश्यले ट्राफिक सचेतना सप्ताहको आयोजना गरिएको आयोजकले बताएको छ ।

सचेतना सप्ताह समारोहमा बोल्दै दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश कोईरालाले सडक सुरक्षा सबैको दायित्वको विषय भएकोले सबै सचेत हुनुपर्ने बताए । कुनै पनि सवारि चालकले मदिरा सेवन गरेको वा सवारी चालक अनुमति पत्र नबोकि सवारी साधन चालाएको पाईएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह समेत गरे ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक किश्वर लम्सालले ट्राफिक नियमसम्बन्धि पर्याप्त ज्ञानको अभावले पनि सवारी दुर्घटना बढ्ने भएकाले सडक सुरक्षा तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक सप्ताहको आयोजना गरिएको बताए ।

प्रहरी प्रमुख लम्सालले दशै तिहार र छठ पर्वको अबधिभर गाउ, समाजमा जुवा तास झैझगडा धेरै हुने हुदा त्यस्ता खाले गतिबिधि देख्न बितिकै प्रहरीलाई जानकारी गरि सहयोग गर्न पनि नागरिकहरुलाई आग्रह गरे ।