२०८१, ५ फाल्गुन सोमबार

२०८४ एकल बहुमतीय सरकारको नेतृत्व गछौँ अध्यक्ष ओली

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा पहिलो पार्टी बनाएर एकल बहुमतीय सरकारको नेतृत्व गर्ने दाबी गरेका छन्।

बुधबारबाट सुर्खेतमा सुरु भएको एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेलाई बलियो राट्रिय शक्ति बनाएर ०८४ को निर्वाचनमा अहिलेको सत्ता गबवन्धनलाई धोवीले लुगा धोएझैँ धोइदिने बताएका हुन्।

नेकपा एमाले एउटा महान अभिभारा पूरा गर्ने संकल्पसहित बाधा व्यवधानसँग लडेर समृद्ध राष्ट्र निर्माणको अभियानमा होमिएको छ, यो अधिवेशनबाट एमाले विचारमा संगठित छ, संगठनमा एकजुट र राष्ट्रियताका सवालमा एकताबद्ध छ भन्ने सन्देश दिन आवश्यक छ, हामीले मिसन ८४ भनेका छौँ, यो भनेको साल फेरिने होइन, हामी एकतावद्ध भएर नेतृत्वमा जाने वर्ष हो’, उनले भने।

वर्तमान गठवन्धन सरकारले देशको स्वाधीनतालाई लम्पसारमा परिणत गरेको उल्लेख गर्दै ओलीले राष्ट्रिय एकता, स्वाधीनता, सार्वभौमसत्ताको रक्षा, सामाजिक न्यायसहितको समृद्धिका लागि एमालेलाई बलियो राष्ट्रिय शक्ति नबनाएसम्म देशले निकास नपाउने दाबी गरे।

ओलीले धार्मिक, सांस्कृति र सामाजिक मूल्य र मान्यताका आधारमा देशमा हिंसात्मक गतिविधि बढ्न थालेकोमा चिन्ता व्यक्त गर्दै त्यसतर्फ समयमै सचेत हुनुपर्नेमा जोड दिए।