२०८०, १७ आश्विन बुधबार

चौकुने साहित्यिक महोत्सव हुँदै

सुर्खेत : सुर्खेतको चौकुने गाउँपालिका गुटुमा फागुन १२ र १३ गते साहित्यिक महोत्सव हुन लागेको छ । चौकुने गाउँपालिकाको आर्थिक सहयोगमा र मध्यपश्चिम गजल मञ्चको आयोजनामा साहित्यिक महोत्सव हुन लागेको हो ।
कर्णाली प्रदेशलाई साहित्यको माध्यमबाट चिनाउनका लागि साहित्य महोत्सव हुन लागेको हो ।
कर्णालीको आफ्नै कला, संस्कृृती रहेको यसको चिनाउन र पहिचान गर्नका लागि महोत्सव हुन लागेको मध्यपश्चिमाञ्चल गजल मञ्चका अध्यक्ष धिरेन थापा‘अनुपम’ले जानकारी दिए । ‘हाम्रो कर्णाली कला, साहित्य, भाषा, संस्कृती फरक किसिमको छ ।’ उनले भने,‘यसलाई चिनाउका लागि साहित्यिक महोत्सवको आयोजना गरिएको हो ।’
महोत्सवमा धमेलो, नेपाली भाषा र खस भाषाको सभ्यता, मुक्तक चौकुने प्रतिभा, जीवन सौन्दर्य लोक साहित्य र गाउँका कथा, शिक्षा, साहित्य र समाज, कुराकानी, कवि र कविता, प्रशासन, स्थानीय तह र विकास, पूर्वीय दर्शनमा ययार्थ र भ्रमण, मुक्तक, महाफिल, र जीवन, सौन्दर्य, लोक साहित्य सेसनहरुको रहेको अध्यक्ष थापाले जानकारी दिए ।
महोत्सवमा धमेलोमा मीनबहादुर माझी, नारायण तिमिल्सेना, अविचन्द्र बयक बत्ता रहेको त्यसको कार्यक्रमको सहजीकरण पुष्पराज आचार्यले गर्ने, नेपाली भाषा र खस भाषाको सभ्यताको वक्ताका रुपमा डा.मुधुसुदन गिरी र डा.दीपेन्द्र रोकाय वत्ता रहेको कार्यक्रमको सहजीकरण गोविन्द कोइरालाले गर्ने, मुक्तक चौकुने प्रतिभामा बाचकहरु खगेन्द्र अधिकारी अमृत, घनश्याम राना ऋृतु, धर्मदानी सुनगाभा, पूर्ण समिर महतारा, भोजराज घोडासैनी, मनोज दाहाल मनु, सिता यरी, शिवराज जोशी शिशिर, शिवराज न्यौपाने, जगत जोशी, पूर्णप्रसाद देवकोटा, पदम शर्मा प्यासी, खुसजीजंग बस्नेतले गजल बाचन गर्ने र सेशसन सञ्चालन उर्मिला गौतमले गर्ने आयोजकले जानकारी दिएको छ ।
जीवन सौन्दर्य लोक साहित्य र गाउँका कथा, शिक्षा बहस हुने र यस सेसनमा डा.महेन्द्रबहादुर मल्ल, प्रेमदेव गिरी, ओम रिजाल वत्ता र सहजीकरण महेन्द्रचन्द महासागर गर्ने आयोजकले जनाएको छ ।
महाफिलमा गजलकारहरु कृष्ण बिरही, खगेन्द्र अटल, झलक वली, तारादेव शर्मा दीप दर्शन, नकुल पौडेल, नवराज कुन्दन, प्रकाश किरण, भरत धमला, भरतप्रमोद दहाल, भावुक रिदम बाबु, भुपेन्द्र कँवुर, मदन शाही, माया निर्भिक, मौसमजी भण्डारी, लिला पोखरेल लिलाराज सिजापति, सावित्री स्वप्नील, हिमाल सरोवर हेमन्त हेमलकले बाचन गर्ने त्यसको सहजीकरण बाबु त्रिपाठीले गर्नेछन् ।
कार्यक्रमको द्रोश्रो दिन शिक्षा, साहित्य र समाजमा डा. नवराज केसी, खगेन्द्र गिरी कोपिला, टेकेन्द्र बुढा, गणेशभक्त गौतम वत्ता रहेको र त्यसको सहजीकरण पुरुषोत्तम सापकोटाले गर्ने आयोजकले जनाएको छ ।
कुराकानी सेसन रहेको त्यसको वत्ताहरुमा महानन्द ढकाल, महेन्द्र उपाध्याय, देवकी तिमिल्सेना, धनिराम धमला वत्ता रहेको र त्यसको सहजीकरण बाबु त्रिपाठीले गर्ने, कवि र कविता सेसनमा अनिता न्यौपाने, अमृत नविन अभिलाषी, प्रकाश समिर, प्रज्वल अधिकारी, विपि अस्तु, यद्धविक्रम शाही, सरस्वती पन्त, सुमित्रा सुमी, मिलन समिर, रहेको यसको सजीकरण ऋषि शर्मा सुदामाले गर्ने आयोजकले जनाएको छ ।
प्रशासन, स्थानीय तहमा खड्क विक, नरबहादुर बान्तोला, दुर्गाप्रसाद चालिसे बत्ता रहेको त्यसको सहजीकरण नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश कोषाध्यक्ष गणेशकञ्चन भारतीले गर्ने आयोजकले जनाएको छ ।
विकास, पूर्वीय दर्शनमा ययार्थमा पं.तिलक रिजाल र धुर्वराज उपाध्याय वत्ता रहेको त्यसको सहजीकरणले दिपक अधिकारी गर्ने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ ।