कांग्रेसबाट पराजित शाक्यले एमाले प्रदेशसभा सदस्य कँडेल बिरुद्ध मुद्दा दायर, पुनः मतगणना गराउन माग
सुर्खेत : सुर्खेत निर्वाचन क्षेत्र १ प्रदेशसभा ‘१’ मा एमालेका यामलाल कँडेलबाट पराजित भएका नेपाली कांग्रेसका कालीबहादुर शाक्यले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । ‘क’ बाट गठबन्धनका उम्मेदवारलाई झिनो मतान्तरले पराजित भएका शाक्यले यामलाल कँडेल विरुद्ध शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका हुन् ।
शाक्यले मतगणनामा धाँधली भएको आरोप लगाउँदै पुनः मतगणना गरिपाउँ भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
गत मंसिर ४ गते भएको निर्वाचनमा कँडेलबाट शाक्य १६१ मतान्तरले पराजय भएको थिए । एमालेका कँडेलले १८ हजार ५६१ मत ल्याएका थिए भने कांग्रेसका शाक्यले १८ हजार ४०० मत ल्याएका थिए ।
आफुले पुनः मतगणनाका शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको शाक्यले बताए । ‘चुनावमा धाँधली गरेर मतगणना भएको थियो । मैले न्यायका लागि अदालत गएको हुँ ।’ उनले भने,‘मैले न्याय पाउने आशा गरेको छु ।’
शाक्यले आफ्नो जीत निश्चित भएपनि मतगणनामा तलमाथि गरेर कँडेललाई जिताइएको आरोप लगाउँदै आएका छन् ।
कँडेल एमालेबाट कर्णाली प्रदेशबाट मुख्यमन्त्रीको दावेदार हुन् ।