मुगुका गठबन्धन दलका उम्मेदवार शाही र एमालेका उम्मेदवार कार्कीबीच कडा प्रतिस्पर्धा
सुर्खेत : एउटा प्रतिनीधिसभाको निर्वाचन क्षेत्र रहेको मुगु जिल्लामा सत्ता गठबन्धन दल र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ निर्वाचन क्षेत्र रहेको मुगुमा मुख्यगरी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, एमाले र राप्रपाका उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
मुगुमा गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति ऐनबहादुर शाही र एमालेबाट राजबहादुर कार्की (राजु) र राजबहादुर मल्ल प्रतिनीधिसभाको निर्वाचनमा प्रतिस्पर्धा रहेका छन् । एमालेबाट असन्तुष्टी जनाउँदै हुने कृष्णबहादुर सेजुवाल र भीमचन्द्र हमाल स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सत्तिा गठबन्धनबाट उम्मेदवार बनेका शाही २०७० को संविधानसभा निर्वाचनमा एमालेका मोहन बानियाँसँग पराजित भएका थिए । २०७४ सालको निर्वाचनमा हाल एकीकृत समाजवादीमा रहेका एमालेका गोपालबहादुर बमले प्रतिनिधि सभाको निर्वाचनमा बाम गठबन्धनका तर्फबाट एमालेका गोपालबहादुर बमले १३ हजार ३४ मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका हस्तबहादुर मल्लले ९ हजार ८६१ मत पाएर पराजित भएका थिए । बम हाल एकीकृत समाजवादीबाट मुगु प्रदेशसभा ‘क’बाट प्रदेशसभाको उम्मेदवार बनेका छन् ।
कांग्रेसका हराएका बम अहिले कांग्रेससँग गठबन्धन गरेर प्रदेशसभाका उम्मेदवार रहेका छन् ।
मुगुमा गठबन्धन दल र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । शाही कांग्रेसबाट द्रोश्रो पटक चुनाव लड्न लागेका हुन । एमालेका उम्मेदवार रहेका कार्की पहिलो पटक चुनाव लड्दैछन् । यद्यपि कार्कीको विगत भने अस्थिर छ । उनी सुरुमा कांग्रेस, त्यसपछि राजावादी, माओवादी हुँदै दुई वर्षअघि एमालेमा प्रवेश गरेका हुन् । एमाले कार्कीलाई टिकट दिएपछि एमालेमा असन्तुष्टी जनाउँदै एमालेका जिल्लास्तरका नेता सेजुवाल र हमालले बागी उम्मेदवारी दर्ता गराएका छन् ।
स्थानीय तहमा यस्तो छ अवस्था
चार वडा स्थानीय तह रहेको मुगुमा ४५ वडा रहेका छन् । स्थानीय तह निर्वाचन २०७९ सालमा भएको निर्वाचनमा कांग्रेस १८ वडा, एमालेले १६, माओवादी केन्द्रले ७, एकीकृत समाजवादीले १ वडा विजयी भएका थिए ।
तनर स्थानीय तहमध्ये नेपाली कांग्रेसले २ पालिका प्रमुख र ३ पालिका उपाध्यक्ष जितेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले एक÷एक पालिका जितेका छन् । स्थानीय निर्वाचनको परिणामअनुसार पालिका अध्यक्ष र उपाध्यक्षमा पाएको मत अनुसार एमाले सबैन्दा बढी नौ हजार ८५१ एकीकृत समाजवादी पाँच हजार ६०१, कांग्रेस छ हजार १८१, माओवादी केन्द्रले चार ७७० गठबन्धन पाएको छ । अहिले एमालेभन्दा गठबन्धन रहेका दलहरुको मत झन्डै ८ हजार ५ सय मतले अघि देखिन्छ ।
यस्तो छ प्रदेशसभामा
प्रतिनीधिसभा तथा प्रदेशसभाको २०७४ सालको निर्वाचन हुँदा बामगठबन्धन बनेको थियो । बामगठबन्धनबाट प्रतिनीधिसभा र प्रदेशसभाका दुवै निर्वाचन एमाले विजयी भएको थियो ।
प्रदेशसभा ‘ख’ मा एमालेका दानसिंह परियार ५ हजार ६ सय ५३ मतले विजयी हुँदा कांग्रेसका तिलकबहादुर मल्ल ५ हजार २ सय ९९ मत ल्याएर पराजित भएका थिए । अहिले उक्त क्षेत्रमा गठबन्धन दलले एकीकृत समाजवादीका गोपाल बमलाई साझा उम्मेदवार बनाएको छ भने एमालेले पार्टीका जिल्ला अध्यक्ष जितबहादुर मल्ल उम्मेदवार रहेका छन् ।
त्यस्तै, यसअघिको निर्वाचनमा प्रदेशसभा ‘ख’ मा एमालेका चन्द्रबहादुर शाहीले ६ हजार ८ सय ४५ मत ल्याएर चुनाव जित्दा कांग्रेसका खड्गबहादुर शाहीले ४ हजार ६ सय १२ मत मात्र पाएका थिए । यसपालि गठबन्धनकातर्फबाट माओवादी जिल्ला संयोजक मंगलबहादुर शाही र एमालेका कर्णबहादुर मल्ल चुनावी प्रतिस्पर्धा हुनेछ ।
एमाले विजयी भएका शाही अहिले एकीकृत समाजवादीमा रहेका छन् । उनी कर्णाली प्रदेश सरकारका भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका छन् ।
के भन्छन, उम्मेदवार
गठबन्धन दलबाट प्रतिनिधिसभाका उम्मेदवार कांग्रेसका शाहीले अहिले गठबन्धन दल एकरुपता भएका कारणले आफुले जित्ने दाबी गरे । ‘हामीलाई गठबन्धन दलको साथ रहेको छ । अर्कोतर्फ जिल्लामा कांग्रेस बलियो संगठन भएको जिल्ला हो ।’ उनले भने,‘यो पटक निर्वाचनमा मैले जित्नेमा कुनै शंका छैन् ।
एमालेका उम्मेदवार कार्कीले एमालेको संगठन बलियो भएकाले आफूले जित्ने दाबी गरे । ‘मलाई मुगाली जनताको पूर्ण विश्वास रहेको छ ।’ उनले भने,‘अर्कोतर्फ म यो जिल्लाको कुनै पनि दाख नलागेको व्यक्ति हु ।’
