एक हप्ताका लागि सिमकोटको विद्युत् सेवा बन्द
हुम्ला : हिल्दुुम वितरण केन्द्रले एक हप्ताका लागि सिमकोटको विद्युत् सेवा बन्द गरेको छ । फर्बे ट्यांकीदेखि मुहानसम्मको नहर मर्मत गर्नुपर्ने भएपछि विद्युत् सेवा बन्द गरिएको हो ।
वितरण केन्द्रका अनुुसार नहर मर्मत गर्नुपर्ने भएपछि हिल्दुुम विद्युत् वितरण केन्द्रद्वारा आपूर्ति गर्दै आएको विद्युत् सेवा बन्द गरिएको छ ।
फर्बे ट्यांकीदेखि मुहानसम्मको नहर चुहिने समस्या आएपछि त्यसलाई मर्मत गर्ने कार्य सुरु भएकाले विद्युत् आपूर्ति बन्द गरिएको हो ।
नहरको मर्मत कार्य बुुधबारबाट सुुरु भएको र निर्माण कम्पनी पक्षलाई एक हप्ताभित्र सम्पन्न गर्न निर्देशन केन्द्रले दिएको छ । बुधबार बिहानबाट विद्युत् सेवा बन्द गरिएको हो । यसबाट केन्द्रका दुुई हजारभन्दा बढी ग्राहक प्रत्यक्ष मर्कामा पर्नेछन् ।
यसबाट सिमकोट र खार्पुनाथ गाउँपालिकाका सेवाग्राही मर्कामा पर्नेछन् । सिमकोटका सरकारी कार्यालयमा काम बन्द भएको छ भने विद्युत्बाट काम गर्ने व्यवसाय पनि बन्द भएका छन् ।
गत असारमै विद्युत् आपूर्ति बन्द गरेर नहर मर्मत गर्ने भनिए पनि आर्थिक वर्षको अन्त्य भएकाले त्यतिबेला काम सुरु नगरिएको हो ।