शक्तिका चुनावी नारा कार्यन्वय हुँदै
जाजरकोट ११, असोज । यहाँको सदरमुकाम देखी रिम्ना सम्माको १६ किलोमिटरमा स्तर उन्नती संगै पिच गर्न थालिएको छ । तीन बर्ष भित्रमा १६ किलोमिटर सडकको सवै काम गरि सक्ने सम्झौता राजेन्द्र ÷ जलजला जेभी काठमाडौंल जिम्मा लिएको छ ।
सडक डिभिजन कार्यालय चौरजहारीको १२ करोड लागत रहेकोमा निर्माण व्यवसायीले ७ करोड ५० लाख लागतमा सडक निर्माणको जिम्मा लगेका छन । यो सडकमा सडकको ८ मिटर चौडाइ तथा साढे ५ मिटरमा पिच हुने छ । सडक चौडा पार्ने, माटो कटीङ, माटो फिलिङ टेवा प्रखाल लगाएतको काम गरेर तोकेको समय अगावै सडक पिच हुने राजेन्द्र ÷ जलजला जेभी काठमाडौं का साईट प्रमूख प्रजीत लामाले बताउनु भयो ।
जिल्लाका खलंगा पाँचकाटिया, छेडा मोर्कवजार पनि यसै वर्ष टेन्डर आवह्वान गरी काम गरिने पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ रकम अभावले वाटो निर्माणको काम रोकिदैन रकम जहाँवाट भएपनि जुटाईन्छ काम गतीमा गनुहोस ” ।
वस्नेतले दोस्रो संविधान सभाको चुनावमा यी तीन ठाउँमा पिच गरिने चुनावी नारा वनाएका थिए ।
उहाँको चुनावी नारा कार्यन्वयन तहमा पुगेपछि यहाँका जनताहरु खुसी भएका छन् । यो सडकमा ट्याक औपन गर्दा १६ किलोमिटरमा २६ करोड भन्दा वढीरकम खर्च भईसकेको छ ।