२०८१, ९ जेष्ठ बुधबार

कर्णाली राजमार्ग ३६ घण्टा अबरुद्ध हुने

सुर्खेत : कर्णाली राजमार्गका दुई ठाउँमा ३६ घण्टा अबरुद्ध हुने भएको छ । कर्णाली राजमार्गमा बनेका पक्की पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग अबरुद्ध गर्न लागिएको हो ।
कर्णाली राजमार्ग अन्र्तगतको दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला पुल र कालीकोट नरहरिनाथ गाउँपालिका–८ को कर्णाली नदीमा बनेको पक्की पुलको भार क्षमता जाँच गर्नका लागि ३६ घण्टा कर्णाली राजमार्ग अबरुद्ध हुने भएको छ ।
सडक डिभिजन कार्यालय जुम्लाको पत्र अनुसार घट्टेखोलामा बनेको पक्की पुल भार क्षमता जाँच गर्नका लागि भदौं ७ गते मंगलबार बिहान ६ बजेदेखि करिब ३६ घण्टा बन्द हुने जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
त्यस्तैै, कर्णाली नदीमा बनेको पुलको लोड टेष्ट गर्नका भदौं ९ गते (बिहिबार) बिहान ६ बजेदेखि करिब ३६ घण्टा कर्णाली राजमार्ग बन्द रहने जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
सडक डिभिजन कार्यालय, जुम्लाले अनिवार्य पुलको टेष्टिङ् गर्नुपर्ने भएकाले कर्णाली राजमार्ग अबरुद्ध हुने भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो । ‘प्राबिधिक रुपले पुलका भार क्षमता जाँच गर्नुपर्ने रहेछ ।’ उनले भने,‘भार क्षमता जाँच यातायात साधन बन्द गर्नु पर्ने भएका कारणले कर्णाली पुल र घट्टेखोला पुल क्षेत्रमा यातायात बन्द हुनेछन् ।’
पक्की पुलको टेष्टिङको समयमा कर्णाली राजमार्गको दुबैतर्फको आवातजावत बन्द रहने र यात्रु सवारी साधनलाई आवातजावतका लागि त्यही अनुसार व्यवस्थापन गर्न आदेश गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए । ‘कर्णाली राजमार्ग बन्द रहने बिषयमा जिल्ला प्रशासन कार्यालय कालीकोट, सुर्खेत, जुम्ला र मुगुलाई जानकारी दिइएको छ ।’ उनले भने,‘यात्रुहरु त्यो समयमा असुबिधा हुने भएको छ ।’
१२ वर्षपछी पुल बन्यो, सडक अधुर
शिलान्यास गरेको १२ वर्षपछी पुल बनेपनी सडक अधुरै रहेको छ । कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने पुल १२ वर्षपछि सञ्चालनमा आएपनी पुल जोड्ने सडक अधुरै रहेको छ ।
दुईपटक शिलान्यास भएको पुल निर्माण ढिलाइका कारण लामो समयपछि सञ्चालनमा आएको छ । तर, फुलको छेउछाउको सडक नबन्दा जोखिममै सवारी साधानहरु सञ्चालन भइरहेका छन ।
कर्णाली राजमार्गदेखि पुल जोड्ने सडक डोजर जानको लागी मात्र बनाइएको सडकमा पुर्ण रुपमा सडक नबन्दै जोखिमपुर्ण यात्रा गर्न बाध्य छन । सडक डिभिजन कार्यालय जुम्लाले ठेक्का आह्वान नगर्दा अहिले जोखिमपुर्ण यात्र गर्नु गरेको छ । अहिले साना ब्वलेरो र साना मिनी मालवाहाक ट्रकहरु चलेपनी ठुला बस र ट्रकहरु चल्लन सकेका छैनन् ।
सानै गाडीहरु पनी जोखिम मोलेर संचालन भइरहेका छन् । वि.सं. २०६६ सालमा हाल कांग्रेसका वरिष्ठ नेता तथा तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेल र ०६९ मा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले कर्णाली करिडोरमा रहेको पक्की पुलको शिलान्यास गरेका थिए ।ठेक्का भएको तीन वर्षमा नै काम सम्पन्न गर्ने गरी २०६६ सालमा कन्काइ जेभीले ठेक्का पाएको थियो ।
ठेक्का पाएको कम्पनीले २०६९ सालसम्म पनि काम गर्न नसकेपछि सडक डिभिजन कार्यालय जुम्लाले उक्त कम्पनीको ठेक्का रद्द गरी पुनः ठेक्का गरेको थियो । सुरुको पुल निर्माणका लागि १३ करोड लागत निर्माण हुने भनिएको उक्त पुल निर्माण कार्यमा ढिलाइ हुँदा १५ करोड ९२ लाख रुपैयाँ पुगेको थियो । कर्णाली करिडोरमा पुल नहुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको थियो ।
कर्णाली करिडोरमा पुल सञ्चालनमा आएपछि अबका दिनमा हुम्ला, मुगु, बाजुरा र कालिकोट जिल्लामा यातायातका साधन सहजै सञ्चालनमा आउने कालीकोटका प्रमुख जिल्ला अधिकारी शर्माले बताए । ‘कर्णाली करिडोरमा अब कर्णाली राजमार्गबाट यातायातका साधन सहजै सञ्चालनमा आउने भएका छन् ।’ उनले भने,‘यहाँका नागरिकको दैनिकीमा सहज हुने भएको छ ।’
यसको लागी सडक डिभिजन कार्यालय जुम्लालले सडकको ठेक्का गर्ने बारे सर्वे गरेर गएको छ । अव ठेक्का सुरु होला प्रजिअ शर्माले बताए ।

 

सम्बन्धित समाचार