२०७९, ९ आश्विन आईतवार

कर्णालीमा कोरोना रोकथाम योजनाः भीडभाड नगर्न निर्देशन दिने र खोप मात्रा बढाउने

सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि भीडभाड नगर्न र खोपको मात्रा बढाउने योजना अगाडी सारेको छ । कोरोनाको संक्रमण दर बढ्दै गएपछि कर्णाली प्रदेशमा आवश्यक सावधानीका लागि तयारीका लागि भीडभाड नगर्न र खोपको मात्रा बढाउने योजना अगाडी सारेको हो ।
मुख्यमन्त्री जीवनबहादुर शाहीको संयोजकत्वमा गठित प्रदेशस्तरीय निर्देशक समितिले आवशयक तयारी गर्न निर्देशन गरेको छ । बिहिबार बसेको बैठकले चाडपर्व लक्षित भीडभाडलाई कम गर्न र जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गराउनका लागि सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहमार्फत निरन्तर अनुगमन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
बैठकले कोरोना संक्रमणबाट गम्भिर विरामीलाई अस्पतालमा प्रेषण गरी उपचार गर्नुपर्ने अवस्था आउनसक्ने भएकोले हब अस्पताल (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेत समेत), जिल्ला अस्पताल, आधारभुत अस्पताल लगायतका स्वास्थ्य संस्थालाई विरामीको उपचारका लागि अत्यावश्क जनशक्ति, उपकरण तथा अन्य औषधीजन्य र सुरक्षा सामाग्रीको व्यवस्थापन गरी तयारी अवस्थामा रहन निर्देशन दिने निर्णय समेत गरेको सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक बृषबहादुर शाहीले बताए ।
संक्रमणबाट सुरक्षित रहने एउटा मात्र उपाय भनेको खोप भएका कारणले हालसम्म खोप नलगाएका , पूर्ण खोप नपाएका र थप मात्रा÷बुस्टर डोप नलगाएका मानिस अझै समुदायमा रहेका कारणले उनीहरुलाई खोप लिनका लागि स्थानीय तह, जिल्ला प्रशासन कार्यालय अन्य सरोकारवाला निकायमा खोप लिने व्यवस्था मिलाउने व्यवस्था गर्न निर्देशा गरिएको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक शाहीले जानकारी दिनुभयो ।
कोरोना संक्रमणबाट गम्भिर विरामीलाई अस्पतालमा प्रेषण गरी उपचार गर्नुपर्ने अवस्था आउनसक्ने भएकोले हब अस्पताल (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेत समेत), जिल्ला अस्पताल, आधारभुत अस्पताल लगायतका स्वास्थ्य संस्थालाई विरामीको उपचारका लागि अत्यावश्क जनशक्ति, उपकरण तथा अन्य औषधीजन्य र सुरक्षा सामाग्रीको व्यवस्थापन गरी तयारी अवस्थामा रहन निर्देशन दिने निर्णय समेत गरेको छ ।