२०८१, २६ चैत्र बुधबार

चालु आर्थिक वर्षमा विपद्का घटनामा परि दुई जनाको मृत्यु, तीन जना वेपत्ता १८ जना घााइते

सुर्खेत : कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको एक महिनामा विपद्का घटनामा परि दुई जनाको मृत्यु, तीन जना वेपत्ता १८ जना घााइते छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २१ वटा विपद्का घटनामा भएको जनाएको छ ।
सबैभन्दा बढी विपद्का घटना दैलेख जिल्लामा भएका छन् भने हुम्ला र सुर्खेतमा विपद्को एउटा पनि घटना भएको छैनन् । दैलेखमा विपद्का १० वटा घटना भएका छन् । घटनामा परि १७ जना घाइते र एक जना वेपक्ता भएका छन् । एउटा घरमा क्षति हुनुका साथै पाँच वटा पशुचौपाया मरेका छन् ।
जाजरकोटमा पाँच वटा घटना भएका छन् । घटनामा परि पाँच घरमा क्षति हुनुका साथै दुई घरपरिवार विस्थापित भएका छन् । रुकुमपश्चिम तीन विपद्का घटना भएका छन् । घटनामा परि एक क्षति एक जना वेपत्ता, दुई घरपरिवार विस्थापित र दुई वटा पशुचौपाया मरेका छन् ।
सल्यानमा विपद्का दुई वटा घटना भएका छन् ।
कालिकोटमा विपद्का चार वटा घटना भइका छन् । विपद्का घटनामा परि एक जनाको मृत्यु एक जना वेपक्ता भएका छन् । जुम्लामा विपद्का पाँच वटा घटना भएका छन् । घटनामा परि एक जना घाइते हुनुका साथै तीन वटा घरमा क्षति र एक लाख बराबरको धनमालको क्षति भएको छ ।
मुगुमा विपद्को एक घटनामा भएको छ । घटनामा परि एक जनाको मृत्यु भएको छ । त्यस्तै, डोल्पामा विपद्को एउटा घटना भएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरोका १७ घटना भएका छन् । पहिरोको घटनामा परेर पाँच घर क्षति, एक जनाको मृत्यु, दुई घरपरिवार विस्थापित, दुई पशुचौपायाको मृत्यु हुनुका साथै एक लाख बराबारको क्षति भएको छ ।
आगलागीका चार घटना भएका छन् । चट्याङका पाँच घटना भएका छन् । यस घटनामा एक घरमा क्षति १७ जना घाइते पाँच वटा पशुचौपाया मरेका छन् ।
अबिरल वर्षाका एक जना घाइते, खोलाले बगाएर तीन वेपत्ता र ढुङ्गा लागेर एक जनाको मृत्यु भएको कणाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठ जानकारी दिए ।