२०८१, २६ फाल्गुन सोमबार

रोजगारीका लागि भारतकै भर

गाउँघरमा चाडपर्व र वर्षे बाली लगाएपछि अंधिकास कर्णाली र सुदुरपश्चिमका नागरिकहरु रोजगारीका भारतमा जाने गरेका छन् । हिउँदे सिजनको खेतीपातीलगायतका सबै काम सकिएपछि वर्षा बाली लगाएपछि भारतमा रोजगारीका लागि जाने गरेका छन् । बर्सेनि यही समयमा यहाँका अधिकांश पुरुष कामको खोजीमा भारत पस्ने गर्छन । यतिबेला प्रमुख वर्षे बाली धान र मकै लगाउने काम सकाएर यहाँका स्थानीय दैनिक ज्यालादारीमा मजदुरी गर्न भारतका विभिन्न ठाउँमा गइरहेका छन । वर्षे बाली नपाकेसम्म सामान्य घरायसी कामबाहेक गाउँमा अन्य काम नहुने भएकोले एक÷दुई महिना मजदुरीको कमाईबाट खर्च धान्न भारतमा कामको खोजीमा जाँदै आएका छन् ।
भारतमा दैनिक ज्यालादारीमा काम पाइने हुँदा खाली समयमा सबैजसो उतै मजदुरी गर्न जाने चलन पुरानो हो, तर अधिकांका लागि यो बाध्यता पनि हो । भारतका विभिन्न क्षेत्रमा भारी बोक्ने र सडकलगायत पूर्वाधार निर्माणको काममा मजदुरी गरिरहेका प्रशस्तै नेपाली भेटिन्छन । भारत उत्तराखण्डको पिथौरागढ, धार्चुला र सिम्लामा स्याउ टिप्नका लागि विभिन्न ठाउँहरूमा सडकलगायतका भौतिक संरचना निर्माणमा नेपाली मजदुरहरूले काम पाउने भएकोले पश्चिम नेपाल अधिकांश कामदारको पहिलो रोजाइ यिनै ठाउँ हुने गरेका छन । कारण त्यहाँ पारिश्रमिक केही बढीसमेत पाइन्छ । बास र खाना खाएर दैनिक ८ सयदेखि १२ सय रुपैयाँसम्म कमाइ हुने गर्दछ ।