२०८१, २६ फाल्गुन सोमबार

रुकुमपश्चिमका अरिंगालले टोक्दा एक जनाको मृत्यु

सुर्खेत : रुकुम पश्चिममा अरिंगालको टोकाईबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–१ का ४० वर्षिय सुवर्ण सुनारको मृत्यु भएको हो ।
तीन दिन अगाडी अरिंगालले टोकेका सुनारको उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा मृत्यु भएको स्थानीय जनककुमार विश्वकर्माले बताए ।
साथीहरुसँग सल्यानको वाफुखोलामा अरिंगाल झार्न गएका सुनारलाई अरिंगालले टोकेका थिए । झुल्नेटामा रहेको नीजि स्वास्थ्य संस्थामा उपचार गरेको र निको नभएपछि थप उपचारका लागि आज नेपालगञ्ज लैजादै गर्दा सुनारको सल्यानको श्रीनगर स्थानीय सुनारले जानकारी दिए ।