२०७९, ९ आश्विन आईतवार

गाउँपालिका अध्यक्षले दिए, करारका कर्मचारी हटाएर श्रीमति भान्छेको जागिर

सुर्खेत : अछाम रामारोसन गाउँपालिका अध्यक्ष मानबहादुर साउँदले करारका कर्मचारी हटाएर श्रीमतिलाई भान्छेको जागिर दिलाएका छन् । अध्यक्ष साउँदले आफ्नो श्रीमति जयासरा साउँदलाई जेठ १५ गतेदेखि लागु हुने गरि असार २२ गते नियुक्ति दिएका हुन् ।
भान्छेमा आफ्नोे श्रीमतीलाई कार्यालय सहायक स्तरको तलब–सुविधा पाउने ६ महिनाको करार सम्झौता गरेर भान्सेमा नियुक्ति गरेका हुन् ।
सम्झौता अनुसार भान्सेका रुपमा उनले मासिक २१ हजार ३ सय पारिश्रमिक, वार्षिक १० हजार पोसाक भत्ता र चार्ड पर्वमा वर्षमा एक पटक एक महिनाको पारिश्रमिक प्राप्त गर्ने गरे करार सम्झौतामा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले हस्ताक्षर गरेर नियुक्त गरेका छन् ।
भान्सेका रुपमा नियुक्त गरिएकी जयसरा समितिहरु बैठकमा बस्ने र योजना अनुगमनमा पनि जाने तथा यस्तै प्रकृतिको अन्य कामका लागि दैनिक भत्ता बेग्लै पाउने करार सम्झौतामा उल्लेख गरिएको छ ।