२०८३, १७ असार बुधबार

छुट्टछुट्टै दुर्घटनामा मुगुमा दुई जनाको मृत्यु

सुर्खेत : सुर्खेतबाट मुगुका लागि छुटेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुर्खेतदेखि मुगु गमगढीतर्फ आउँदै गरेको लु १ ज ३७५४ नम्बरको जिप मुगु जुम्लाको सिमाना बुलबुले मैपानी भन्ने स्थानमा दुर्घटना हुँदा २४ वर्षीय दीपक तिरुवाको घटनास्थलमै मृत्यु भएको हो ।
आइतबार बिहान भएको जिप दुर्घटना चालक दल बुढा घाइते भएको चालक शक्त घाइते भएका र बुढालाई उपचारका लागि जुम्ला लगिएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।
मृतक तिरुवा छायाँनाथ रारा नगरपालिका–२ तलितुम तिरुवाबाडा गाउँ रहेको प्रमुख जिल्ला अधिकारी महतले जानकारी दिए ।
त्यस्तै, जिल्ला मुगु छायाँनाथ रारा नगरपालिका–१३ रुघामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कर्णाली नदीबाट बालुवा लोड गरी–१४ बामतर्फ जादै गरेको लु ४ त ७७६२ नं.को ट्याक्टर अनियन्त्रित भई सडकबाट ५०÷६० मिटर तल खस्न जाँदा उक्त ट्याक्टरमा सवार ७ जनामध्ये जिल्ला मुगु छायाँनाथ रारा नगरपालिका–१३ रुघा बस्ने बर्ष ३५ को लोकेन्द्र लावडको घटना स्थलमा मृत्यु भएको हो ।
ट्याक्टरमा सवार ५ जनामध्ये १ जनाको अवस्था गम्भिर, १ जना मध्यम र ३ जना सामान्य घाईते भई जिल्ला अस्पताल ठिनि मुगुमा उपचार भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।