२०८१, १४ बैशाख शुक्रबार

एमाले गठन गर्यो सचिवालयदेखि विभाग

सुर्खेत:  नेकपा (एमाले) कर्णाली प्रदेश कमिटिले पदाधिकारीसहित सचिवालय गठन गरेको छ । एमालेको प्रदेशिक कार्यालय वीरेन्द्रनगरमा मंगलबार बसेको बैठकले प्रदेश पदाधिकारीसहित ३५ सदस्यीय सचिवालय गठन गरेको हो ।
साथै एमालेका विभिन्न जनसंगठन, जनसंगठन समन्वय सयन्त्र र विभागहरूलाईसमेत पूर्णता दिईएको छ । एमालेले कर्णाली प्रदेशकाअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रको इन्चार्ज, सह–इन्चार्जको जिम्मेवारी पनि तोकेको छ ।
नेकपा एमाले कर्णाली प्रदेश कमिटिले सचिवालय कमिटी विस्तार गरेको छ ।
प्रदेश सचिवालय कमिटीमा सुर्खेतबाट सबैभन्दा बढि सात जना छानिएका छन भने दैलेखबाट छ जना मनोनित भएका छन् । मुगु र रुकुम पश्चिमबाट दुई दुई जना मनोनित भएका छन् ।