२०८१, ५ पुष शुक्रबार

राष्ट्रिय विज्ञान तथा प्रविधी सम्मेलन सुरु

stसुर्खेत, असोज ९ ।
राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन यहाँको वीरेन्द्रनगरमा सुरु भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधी संकायको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग र नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान (नाष्ट) को सहयोगमा सम्मेलन आयोजना गरिएको हो । सम्मेलनको सहआयोजकका रुपमा वैज्ञानिक समाज नेपालको सह–आयोजनामा सम्मेलन सुरु भएको हो ।

नेपाल भरका विभिन्न वैज्ञानिकहरु सहभागी सम्मेलनको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले उद्घाटन गरेका हुन् । विभिन्न विश्वविद्यालयका प्राध्यापक, उपप्राध्यापकहरु, शिक्षक तथा विद्यार्थीहरु समेत गरी करिब एक सय जना विज्ञान तथा प्रविधीसंग सम्बन्धित व्यक्तिहरुको सम्मेलनमा सहभागिता रहेको छ ।

उनले विज्ञान प्रविधिको क्षेत्रका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । दुई दिने सम्मेलनका क्रममा ३ वटा प्राविधिक सत्र संचालन गरी ४६ वटा वैज्ञानिक र प्राविधिक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको विज्ञान तथा प्रविधि संकायका डीन देबबहादुर खड्काले बताए । उनले प्राविधिक सत्रहरु विज्ञानका विभिन्न क्षेत्र सम्बन्धी प्रविधीमा केन्द्रित हुने बताए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अब हरेक वर्षको अन्तरालमा सम्मेलन गर्दै जाने बताएको छ ।

सुर्खेतमा अन्य विषयमा यस्ता थुप्रै राष्ट्रिय सम्मेलनहरु भएतापनि विज्ञान र प्रविधि सम्मेलन नभएकोले यी विषयहरुप्रति आकर्षित गर्नका लागि नै सुर्खेतमा राष्ट्रिय स्तरको सम्मेलन आयोजना गरिएको मप िविश्वविद्यालयको विज्ञान तथा प्रविधी संकायले बताएको छ । उद्घाटन कार्यक्रममा डीन प्रा.डा. खड्काले हरेक विकासका लागि अहिले विज्ञान र प्रविधिको सबैभन्दा ठूलो भूमिका हुने तर प्रदेश नं. ६ विज्ञान र प्रविधिमा पछाडि रहेकोले आफूहरुले यो सम्मेलन प्रदेश नं. ६ लाई केन्द्रित गरी सुर्खेतमा आयोजना गरिएको बताए ।

यो सम्मेलनमा दर्जनौ अध्ययन तथा अनुसन्धानात्मक कार्यपत्रहरु प्रस्तुत गरिने भएकाले पनि विज्ञान तथा प्रविधीको विकासको लागि यो सम्मेलन कोसेढुङ्गा सावित हुने बताए । प्रस्तुती भौतिकशास्त्र, रसायनशास्त्र, प्राणीशास्त्र, वनस्पतिशास्त्र, सुक्ष्मजीवशास्त्र, भुगर्भशास्त्र, वातावरणशास्त्र, सुसंख्यशास्त्र, गणितशास्त्र, तथ्याङकशास्त्रसंग सम्बन्धित रहनेछन । यस्तै जिवप्रविधिशास्त्र, कृषि, वन विज्ञान, खाद्यप्रविधि, चिकित्साशास्त्र, इन्जिनियरिङ, जलवायत तथा मौसम विज्ञान र प्रविधिसंग सम्बन्धित अन्य विषयहरुसंग सम्बन्धित अनुसन्धनात्मक कार्यपत्रहरु प्नि प्रस्तुत हुने जानकारी दिइएको छ ।

सम्मेलनमा सहभागी बैज्ञानिकहरुले गरेको प्रस्तुतीबाट युवा बैज्ञानिकहरुले धेरैकुरा सिक्न प्रेरित हुने विश्वास आयोजकले लिएको छ । साथै पछिल्ला अनुसन्धनात्मक क्रियाकलापको बारेमा ज्ञानार्जन गरी व्यक्तिगत र संस्थाको विकास भई राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास आफूहरुले लिएको खड्काले बताए ।

सम्मेलनमा प्रस्तुती पछि अन्तरक्रियात्मक रुपमा छलफल गरी आगामि दिनमा कसरी विज्ञान तथा प्रविधिको विकास गर्न सकिन्छ भन्ने विषयमा सुझावहरु पारित गरी कार्यान्वयन गर्न योजना समेत तयार गरिने आयोजकले जनाएको छ ।