२०८०, ११ चैत्र आईतवार

अथाह सम्भावना जलविद्युतको

कर्णालीलाई जलविद्युतको क्षेत्रमा रूपमा विकास गर्न सकिने थुप्रै आधार रहेका छन् । कर्णाली हुम्ला हुँदै बग्ने हुम्ली कर्णाली, डोल्पा हुँदै बग्ने भेरी र जुम्ला हुँदै बग्ने भेरी नदीको पानीको उपयोग गरेर जलविद्युतको हवका रूपमा विकास गर्न सकिने आधारहरू रहेका छन् । अहिले ती नदीहरूबाट न सिँचाइको व्यवस्था गरिएको छ, न त विद्युत निकाल्ने तयारी गरिएको छ। नदीहरूको अथाह स्रोत हुँदाहुँदै पनि त्यतिकै खेर गइरहेका छन् । कर्णालीमा मात्र करिब २४ हजार मेगावाट विद्युत उत्पादनको सम्भावना रहेको जानकारहरू बताउँछन् । तर, अहिले कर्णालीको कालीकोट जिल्लाको ८४० मेगावाटका तिला– १ र तिला– २ बाट ८६० मेगावाट जलविद्युत आयोजनाको पहल सुरु भएको छ । अन्य ठाउँमा खासै अध्ययन अनुसन्धानको चासो रहेको छैन ।
हरेक हिसाबले निकै विपन्न रहेको कर्णालीको विकासमा जलविद्युतमा लगानीले रोजगारी र आर्थिक वृद्धि गर्न सकिन्छ । विपन्नताबाट मुक्ति पाउने एउटा मात्र उपाय भनेको जलविद्युत हो । जलविद्युतको क्षेत्रमा कर्णालीमा कुनै पनि लगानीकर्ता आकर्षित हुनसकेका छैनन् । राज्यले पनि यसतर्फ ध्यान दिन सकेको छैन । कर्णालीको विकासका लागि जलविद्युत, जल पर्यटन प्रमुख आधार हुनसक्ने र त्यस क्षेत्रमा लगानीको आवश्यकता रहेको हुनाले त्यसमा लगानी गर्न लगानीकर्तालाई आकर्षित गर्न अहिले सकेको छैन् ।