२०८३, १७ असार बुधबार

श्रीमतीलाई चक्कु प्रहार गर्ने श्रीमान पक्राउ

सुर्खेत : सुर्खेतमा श्रीमतीलाई चक्कु प्रहार गरि श्रीमती घाइते बनाउने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका–१ घर भई वीरेन्द्रनगर नगरपािलका–४ भैरवस्थान बस्ने ३० वर्षीया तीलबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको हो ।
तीलबहादुरले श्रीमती ३३ वर्षीय खगिसरा घर्तीलाई चक्कु प्रहार गरेर घाइत बनाएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट पुगेको टोलीले तीलबहादुरलाई नियन्त्रणमा लिएको र घाइते खगिसराको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
तीलबहादुरले ससुरालीको घरमा आएको बेला चक्कु प्रहार गरेका हुन् । खगिसराको टाउको, घाँटी, कुमको पछाडी दुबै हातमा चोट लागेको छ ।