२०८१, २९ आश्विन मंगलवार

म.प. विश्वविद्यालय : सञ्चालनमा आएन् इञ्जिनियरिङ्ग सङ्काय, प्रयोगविहिन भौतिक संरचना

सुर्खेत : केहि समय अघिसम्म सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित एयरपोर्ट चोकमा एउटा बोर्ड थियो ‘मध्यपश्चिम विश्वविद्यालय, ईञ्जिनियरिङ्ग सङकाय केन्द्रिय क्याम्पस जाने बाटो ।’ यसका साथै एयरपोर्ट चोकदेखि दक्षिणतर्फ लाग्ने बाटोमा गन्तव्य दर्शाउने सडक पोलहरु पनि गाडिएका थिए, ‘ईन्जिनियरिङ्ग क्याम्पस, ३ किमि’ अगाडी ।

वीरेन्द्रनगर नगरपालिकाको दक्षिण–पूर्वि भू–भागमा मध्यपश्चिम विश्वविद्यालयको ईञ्जिनियरिङ्ग सङ्काय स्थापनाका लागि यहाँका शिक्षाप्रेमीहरुको योगदान महत्वपूर्ण छ । दान र दक्षिणाको जग्मा स्थापना भएको मध्यपश्चिम विश्वविद्यालयको एक सङ्काय वीरेन्द्रनगर–१० स्थित, सानो सुर्खेतमा स्थापना गर्न शिक्षाप्रेमीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

यहाँका शिक्षाप्रेमीहरुले अभियानै सञ्चालन गरेर एक विगाह जग्गा खरिद गरेरै विश्वविद्यालयलाई हस्तान्तरण गरेका थिए । चानचुने कुरो थिएन यो, र असम्भव पनि । यस क्षेत्रका किसान, मजदुर लगायतका सबै आम नागरिक र शिक्षाप्रेमीको एकजुटताले विश्वविद्यालयले आफ्नो ईञ्जिनियरिङ्ग सङ्कायको लागि स्थायी जग्गा खरिद गरी हस्तान्तरण गरेका थिए ।

करिव ५–६ वर्ष भईसक्यो, शिक्षाप्रेमीहरु घर–घर पुगेरै चन्दा संकलन गरेको । यसका लागि महायज्ञमा दान कबोल गरेका दानदाताहरुसंग समेत सहयोग लिइएको थियो । सबै नागरिकले आफ्नो क्षमता अनुसारको सहयोग गरे । ‘कसैले बाख्रा बचेर चन्दा दिए, कसैले केहि’, विश्वविद्यालयका लागि आर्थिक संकलन अभियानमा जोडिएका वीरेन्द्रनगर–१० निवासी रविन्द्रजंङ्ग शाही सम्झन्छन्, ‘यहाँ सानोसुर्खेतमा विश्वविद्यालय स्थापनार्थ सिंङ्गो वडानै एकजुट भएको थियो । अभियानै सञ्चालन गरियो । आर्थिक संकलन भयो र एक विगाह जग्गा विश्वविद्यालयको नाममा नामसारी गरियो ।’

विश्वविद्यालय स्थापनार्थ सञ्चालित अभियानका कोषाध्यक्षसमेत रहेका अर्का एक शिक्षाप्रेमी रणबहादुर बुढाथोकी भन्छन्, ‘हामीले यस क्षेत्रको विकासका लागि अभियानै सञ्चालन गरेर विश्वविद्यालको ईन्जिनियरिङ्ग सङ्काय स्थापनार्थ प्रक्रिया अघि बढाएका थियौँ ।

विश्वविद्यालयको नाममा जग्गा नामसारी श्रेस्ता कायम भएपछि भवन निर्माणको प्रक्रिया बढेको थियो । सोही जग्गामा भवन निर्माण सम्पन्न भएको यतिका समय हुँदासम्मपनि विश्वविद्यालयको आन्तरिक राजनितिले अहिलेसम्म यहाँ ईन्जिनियरिङ्ग सङ्ंकाय सञ्चालनमा आउन सकेको छैन ।’

उक्त क्षेत्रमा ईन्जिनियरिङ्ग सङ्काय स्थापनार्थ विश्वविद्यालयका तत्कालिन रजिष्टार डा. महेन्द्रकुमार मल्लको महत्वपूर्ण भूमिका र अग्रसरता थियो । शिक्षाप्रेमी, स्थानीय नागरिकलगायतका सम्वन्धित निकायसँग मल्लले सहकार्य गरेका थिए । स्थानीयबासीन्दाको सक्रियतालाई थप बल पुग्ने गरी विश्वविद्यालयको कार्यकारी परिषद्बाट इन्जिनियरिङ् सङ्कायको भवन निर्माणको निर्णय गरेर प्रक्रिया अगाडी बढेको थियो ।

एकातिर विश्वविद्यालय आफुसँग स्रोतको अभावले गुज्रिरहेको थियो, अर्कातिर शिक्षाप्रेमीलगायत उक्त क्षेत्रका स्थानीयमा विकासको भाव बढिरहेको थियो । यसैलाई ध्यानमा राख्दै डा. मल्लले विश्वविद्यालयको ईजिनियरिङ्ग सङ्कायको केन्द्रिय विभागनै सो क्षेत्रमा स्थापनार्थ योजना अघि सारे ।

मध्यपश्चिम विश्वविद्यालय स्थापनाको शुरुवाती समयदेखि नै यस क्षेत्रका शिक्षाप्रेमीको योगदान रही आएको छ । साथै, फेरी पनि वीरेन्द्रनगर–१० मा विश्वविद्यालयको ईन्जिनियरिङ्ग सङ्काय स्थापनार्थ यहाँका सबै नागरिक एकजुट भए । तीन वर्ष लगाएर भएपनि विश्वविद्यालयका लागि जग्गा खरिद गरियो र दान गरियो ।

एक अभियान्ता रणबहादुर भन्छन्, ‘हामीले अभियान त सञ्चालन ग¥यौँ । तर विश्वविद्यालयका लागि जग्गा खरिद गर्न भनेजति रकम उठेको भने थिएन । करिव तीन वर्ष लाग्यो, हामीले धौं–धौं गरेरै जग्गा खरिद गरेका थियौँ । जग्गा धनिहरुलाई हामीले समयमा रकम बुझाउन नसक्दा ब्याज समेत खेप्न परेको थियो ।’