एसओएस सामाजिक केन्द्र सबैका लागी हो, सबै बालवालीकाको हो : क्षेत्री
विस्वमै स्वयंसेविहरुको सहयोगवाट सन्चालीत स्वयंसेवि सस्था एस ओे एस वालग्रामले सुर्खेतमा पनि विभिन्न कार्यक्रमहरु चलाईरहेको छ । विद्यालय, एसओएस बालग्राम र शिसुशिहार केन्द्र जस्ता कार्यक्रम चलाएको बालग्रामको सुर्खेतस्थीत सामाजिक केन्द्रका कोर्डीनेटर स्याम क्षेत्रीसंग ईनंया नेपालका सम्बाददाता यज्ञबहादुर खत्रीले सम्बाद गरेका छन । प्रस्तुत छ आमाहरुकै माया दिएर वालवालीकाहरुको मायालु घरका रुपमा चिनिएको केन्द्रका कोर्डीनेटर स्याम क्षेत्री संग गरिएको सम्बादको सम्पादीत अंश ।
१. दिवाशिशु स्याहार केन्द्रमा कति जना बालबालीका छन र कस्ता खाल्का छन ?
एसओएस बालग्रामका छरछिमेक र वरपरको समुदायमा रहेका एकल, विपन्नतथाअसहाय परिवारका एक वर्षदेखि तीन वर्ष सम्मका ६० जना बालबालिकाहरु छन । जस्लाई बिहान ७ः३० बजेदखि बेलुकी ५ बजेसम्म यस केन्द्रको प्रत्यक्ष निगरानीमा राखी हुर्काउने कार्य गर्देछ । दिनभरि यस केन्द्रले उक्तबालबालिकालाईे निःशुल्कखाना, कपडा तथा औषधीउपचार दिई उनीहरुको परिवारलाई टेवा पु–याउदै आएको छ ।
२. कस्ता खाल्का वालावालीहरुलाई याहाँ ल्यायर राखिन्छ ?
गरिव, असाहाए परिवार जो ज्याला मजदुरी गरेर गिटी कुटेर मजदुरीगरेर दिनमा छाकटार्नु पर्ने अवश्था हुन्छ ति अवस्थाका वालवालीका जस्को घरमा रेखदेख गर्ने कोही पनि छैन ति बालबालीकहरुलाई हामीले दिन भरी यहाँ राखेर सेवा दिने हो ।
३. यस्को उद्देश्य के हो ?
कुनै पनि वालवालीका अपठेरोमा नपरुन जस्तै आमा बच्चालाई च्यापेर काम गर्न जान्छीन, यात ज्याला मजदुरी गर्न जान्छीन जस्ले गर्दा बच्चाको खान पिनमा, स्वास्थेमा, लताकपडा लगाएतका कुराहरुमा ध्यान हुदैना त्यो अवस्था नआवस भनेर ति बच्चालाई जुन जोखिम पुर्ण अवस्थामा न गुज्रीओस भन्ने हाम्रो उद्देश्य हो ।
४.यसको आर्थिक आय स्रोत चाही के छ ?
आर्थिक आय सा्रेत भनेकै अन्तराष्ट्रिय व्याक्तिगत चन्दा दाताहरु छन यो प्रकृया नेपालमा पनि सुरुवात भएको छ । र सुर्खेतको सन्दर्भमा पनि व्याक्तीगत चन्दा दिने नेपालीहरु पनि हुनुहुन्छ । नत्र हामीले अन्तराष्ट्रिय अष्ट्रेलिया फन्ट छ । तेस्मा व्याक्तिगत चन्द दाताहरुले चाहीँ चन्दा दिएर चल्ने गरेको छ । नेपालमा पनि अहिले विस्तारै मान्छेमा जना चेतना आएर एसओएस भनेको यो पो रहेछ र हामीले पनि सहयोग गर्नु पर्ने रहेछ भन्ने सोचको विकास भएकाले व्याक्तिगत चन्दा दाताहरु पनि सहयोग भै रहेको छ ।
५ . कहिले देखि हो यो संञ्चालन भएको ?
यो सुर्खेतमा २०४४ बाट सुरु भएको हो । एसओएस वालग्राम लगतै सामाजिक केनद्र पनि संञ्चालित भएको हो । २०४५ मा राजा वीरेन्द्र सरकार आएर उद्घाटन गर्नु भा थियो । यस्को काम भने ४४ बाट नै सुरुवात भएको हो ।
६. दिवाशिशु स्याहार केन्द्रमा जो साना साना बालवालीकाहरुलाई स्याहार सुसार गर्दा कस्ता खाल्का चुनैतिहरु आई पर्छन ?
सुरुमात बच्चा सानो हुन्छ नयाँ ठाउँमा आउँदा खेरी बच्चाहरुलाई त्यो खालको वातावरणमा बस्ना असहज नै हुन्छ । यस्को अवस्थामा जो रोईकराई गर्छन भाग्ना खोज्छन त्यो अवश्था अलिकती हामीलाई पनि चुनैति छ । विस्तारै दश पन्द्र दिन बानी परिसके पछि तेती गारो हुदैन किनकि वच्चा यो वातावरणम पुर्ण रुपमा घुलमील भै सकेको हुन्छ । यहाँको वातावरण बुझछ अर्को साथि पाउँछ र हामीलाई पनि सहज हुन्छ । पहिला पहिला त निकै गारो हुन्छ र चुनौति पुर्ण त छनै ।
७.आमाको काख छोडेर आएका एक दुई बर्षका वालवालीकाहरुलाई सहज रुपमा घुलमिल हुन सकने कस्तो खाल्को वातावरण छ ?
हामीले विषेश गरेर दुध खाने बालक छ भने तेती प्रयारोटी दिदैनौ मुख्य बच्चालाई चाहिने भनेको आमाको दुध हो । आमाको दुध छुटाएको छ भने मात्र हामीले यहाँ ल्याउने गरेका छौ । यस्ता बच्चाहरुलाई हाम्रो टाईम सेडियूल छ कुन बेला खुवाउने, कुन बेला सुताउने, कुन बेला रमाईलो गराउने समपुर्ण समय तातिका भएकाले हामीलाई सजिलो पार्छ ।
८. बाहिरका मन्टेश्वरी र यसमा फरक के छ ?
मैले यस्लाई आफनै तरिकाले हेर्छु मन्टेश्वरी संग यस्लाई दाँजना पनि मिल्दैन पेवर मन्टेश्वरी विधिबाट पनि पढाईने हैन । अहिले खुलेका बाल शिक्षा सरहनै हो तर अलिकती व्यावस्थित छ जस्तो लाग्छ ।
९. कत्ति जना कर्मचारी हुनुहुन्छ ?
बालवालिकाको राम्रो हेरचाहा गर्ने भनेको महिल भएकाले सात जना महिला हुनुहुन्छ, म एकजना यँहाँको कोडिनेटर सुमपुर्ण कुराहरु हेर्ने देखि लियर केटा केटी लिने छान्ने गर्छु, साथै एकजना तालिमे पनि हुनुहुनछ । हामीले यी बच्चाकै अविभावकहरुलाई तालिम लिन चाहानेलाई सिलाइ कटार्ई तालिम पनि दिने गरेका छौ ।तालिम प्रशिक्षक लगाएत नै जना कर्मचारी छौ ।
१०. थोरै तालिमको प्रसंगलाई जोर्न खोजे कस्ता खालका व्याक्तिहरुलाई तालिम लिईन्छ ?
विषेश गरि एकल, असाहाए, गरिव, परिवारको महिलाहरु छन उनिहरुलाई नै छ महिने तालिम दिने व्यावस्था गरेका छौ । तालिम पश्चयात पनि उहाँहरुले कुनै व्यावसाय गर्न चाहानु भयो र कुनै सहयोगको अपेक्षा गर्नु भयो भने हामीले उहाँहरुलाई व्यावसाय गर्नको लागी सिलाई मेसिनहरु किन्नको लागी आवश्यक गरेको खण्डमा कुनै व्याज नलगायर रिणको पनि व्यावस्था गरेका छौ । अहिले पनि कतिपयले गरिरहनु भएको छ ।
११. गिटी कुटेर दैनिकी गर्ने महिलाहरु जो याँहा आयर सिलाई कटाई सिकनु पर्छ भन्ने चाहानछन ?
सिलाईमा आउनाको लागी पनि के छ भन्दा एकल महिलालाई ईच्छा त छ तर ईच्छा भयर पनि हामीले लिन सकिरहेका छैनै किन कि उहाँलाई यहाँ आएर तालिम सिकनु भन्दा दिनमा लेबर गरेका घरमा सांझ विहानको छाक टर्छ । एकल महिला छ तर घरमा अनय परिवार छन भने मात्र हामीले विषेश प्राथामिकता दिने गरेका छौ ।
१२. आज सम्मा कति महिलाहरुले तालिम प्रापत गरेयहाँ बाट ?
बर्षमा दुई पटक दिन्छौ छ छ महिनाको कोर्ष हुन्छ । पहिलो ग्रुपमा ३२ जनाले लिई सकनु भा छ दोस्रो ग्रुपको तालीम संञ्चालन भै रहेको छ । वर्षमा ६४ जनालाई तालिम दिने गरेको छौ । पहिलो पटक तालिम लिएका दिदिहरु अहिले धेरै जनाले आफनै टेलर खोल्नु भाछ त कतिपयले अनय टेलर तिर रोजगार पाउनु भा छ । बजार तिर जानेहो भने धेरै भेटिनु हुन्छ ।
१३. एसओएस सामाजिक केन्दको भावी योजना के त ?
हाम्रे मुख्य लक्ष भनेको कुनै पनि वालवालीका जोखिममा नपरुन ति बालवालीकालाई सक्षम बनाउन त्यो वालवालीका को परिवार विषेस गरी आमा उहाँहरुलाई कुनै सिप दिएर हून्छ, कुनै आर्थिक रुपले सहयोग गरेर हुन्छ । उहाँहरुलाई हामीले उकासन पायौ भने ति बालबालीका जोखिम मुक्त हुन्छन कि भन्ने हो भावी योजना पनि सक्दो जोखिम पुर्ण वालवालीकालाई जोखिम मुक्त बनाउनु हो । खासै भावी योजना तेस्तो केही छैन किन कि केन्द्रको निती नियम पालना गर्नु पर्छ । तसर्थ वालवालीकाहरुलाई जोखिम बाट पार लगाउनु नै हामो भावी योजना हो ।
१४. तिन वर्ष माथिका बालबालीकाहरु जस्का आमा बुवा ज्याला मज्दुरी गरेर पनि आफनो बच्चाहरुलाई पढाउन सक्ने क्षमता भएना भने यतै राखेर पढाउने व्यावस्था छैन ?
एसओएस बालग्राममा शुद्ध आमा बुवा नभएको वालवालीकाहरुलाई राखिन्छ भने यो सामाजिक केनद्रले चाही यदी शिशुस्यार केन्द्रमा राखेका वच्चाकोहरुको कदम कदापी मृत्यू भएमा राखन सकिन्छ । तर बाउ आमा मध्य बाउछन आमा छैन्न भने हामीले राख्न मिल्दैन किनकि सुर्खेत जस्तो ठाउँमा अहिले केस हर्नेहो भने परिवारका एउटा सदस्य गुमायका धेरै छन कित बाउ छैन्न कि त आमा तेस्तो परिवारको बच्चालाई कठै भनेर राखन लाग्यौ भने अझै पाँच वटा वालग्राम सुर्खेतमै खोल्ने हो भने पनि पुग्दैन । हाम्रो एसओएसको निती भनेको बुवा आमा दुबै गुमायकाहरुलाई मात्र राखिन्छ ।
१५. अन्तमा केही भन्ना चाहानु हुन्छ ?
शिशु स्यार केनद्रमा हामीले जुन काम गरिरहेका छौ त्यो काम अविभावकले पनि देखी रहनु भएको छ । उहाँहरुले पनि बुझनु भएको छ भने हाम्रो काम प्रति चाही सल्हार सुझवको आषा अछु । सहयोगी हातहरु फैल्याईदिनु हुनेछ भन्ने अपेक्षा पनि गरेको छौ ।