२०८३, १७ असार बुधबार

कर्णालीका ४२ स्थानीय तहका सामुदायिक अस्पताल शिलान्यास भए, तर कहिले बन्ने हुन पत्तो छैन्

सुर्खेत : एक वर्ष अगाडी ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित ‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रम अन्र्तगत कर्णाली प्रदेशका ४२ वटा स्थानीय तहमा आधारभूत अस्पताल शिलान्याश भएको एक वर्ष बितेको छ ।
कर्णाली प्रदेशका दश वटा जिल्लामा ५, १०, १५ शय्याका अस्पतालको एकसाथ शिलान्यास शिलान्याश गरिएको थियो ।
कर्णाली प्रदेशमा ५ शैयाको एक, १० शय्याका नौ र १५ शय्याका ३२ वटा स्वास्थ्य चौकी एकसाथ शिलान्याश गरिएको कर्णाली प्रदेश कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशका १० जिल्लामध्ये सल्यानका ८ वटा स्थानीय तहमा, दैलेख र सुर्खेतका ७÷७ वटा, जाजरकोट, हुम्लामा ४÷४ वटा स्थानीय तहमा, रुकुमपश्चिम, डोल्पाका ३÷३ वटा स्थानीय तहमा, जुम्ला र कालिकोटमा २÷२ स्थानीय तहमा अस्पतालको शिलान्याश गरिएको थियो ।
सरकारले प्राथमिकता र तामझामहित उद्घाटन गरिएको आधारभूत अस्पताल अहिलेसम्म पनि निर्माण हुन सकेका छैनन् ।
स्थानीय तहको खातामा पैसा जाने सिधै स्थानीय तहले नै अस्पताल निर्माण गर्ने संघीय सरकारको योजना अनुसार काम भएकाले कति अस्पताल निर्माण भए भन्ने जानकारी नभएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको छ ।
सुर्खेतको अवस्था उस्तै
सुर्खेतका सात वटा स्थानीय तहमा १५ शैय्याको आधारभूत अस्पताल निर्माण गर्नका लागि गत वर्ष नै शिलान्यास भएको थियो ।
सुर्खेतको पञ्चपुरी नगरपालिका, लेकबेसी नगरपालिका, वीरेन्द्रनगरको लाटीकोइली प्राथमिक स्वास्थ्य केन्द्र, बराहताल गाउँपालिका, चौकुने गाउँपालिका, चिङ्गाड गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माणको लागि शिलान्यास भएको थियो ।
काम गरेको प्रतिवेदन पेस गरेपछि मात्र रकम पठाउने संघीय सरकारको नीति गलत भएको सुर्खेतको चौकुने गाउँपालिकाले जनाएकोछ । किस्ता किस्तामा स्थानीय तहको खातामा सरकारले रकम पठाउने गरेकाले पनि भवन निर्माणमा समस्या भएको छ ।
कालिकोटको एउटा अस्पताल नबाउन आदेश अर्को कहिले बन्ने कुनै पत्तो छैन्
कालिकोट दुई वटा स्थानीय तहमा आधारभूत अस्पताल बनाउनका लागि गत आर्थिक वर्षमा शिलान्यास गरिएको थियो । जिल्लाको रास्कोट नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिका बनाउनका लागि सरकारले बजेटको बिनियोजन गरेको थियो ।
रास्कोट नगरपालिकामा रास्कोट सामुदायिक अस्पताल यो कार्यक्रम लागु हुनुभन्दा अघि नै बनिसकेका कारणले नगरपालिका आएको अस्पताल बनाउनका लागि १० लाख बजेट पछि मन्त्रालय नै फिर्ता गर्न भनेका फिर्ता गरिएको रास्कोट नगरपालिकाका निमिक्त प्रमुुख प्रशासकीय अधिकृत जमानसिंह बमले बताए ।
रुकुमपश्चिममा चौरजहारीमा शिलान्यास नै भएन्
रुकुमपश्चिममा आधारभूत अस्पताल बनाउनका लागि तीन वटा स्थानीय तह छनौट भएका थिए । तीमध्ये चौरजहारी नगरपालिकामा अहिलेसम्म पनि शिलान्यास भएको छैन् । वडा नं. ७ र ९ कहाँ बनाउने भन्ने बिषयमा विवाद हुँदा अहिलेसम्म पनि बन्न नसकेको हो ।
आठबिसकोट नगरपालिकाले बनाउनका ठेक्का लगाएको छ भने सानोभेरी गाउँपालिका १५ प्रतिशत काम सकिएको छ ।
मुगुमा सुस्त गतिमा काम
मुगुको खत्याड गाउँपालिकामा बनाउने भनिएको आधारभूत अस्पताललको स्थानको समेत टुङ्गो लागेको छैन् । सोरु गाउँपालिकामा निर्माण गरिने १५ शय्याको अस्पतालका लागि ११ करोड रकम बिनियोजन गरिएको छ । मुगुम कार्मारोङ गाउँपालिकामा १० करोड निकासा भएको छ । तर, काम निकै सुस्त गतिमा अगाडी बढेको छ ।
जुम्लामा काम हुँदै
जुम्लाको तिला गाउँपालिकाले अस्पताल बनाउनका लागि कुडारीमा पाँच वटा भवनको डिपिआर बनाएको छ । त्यसमध्ये एउटा भवनको काम २० प्रतिशत भएको गाउँपालिकाको प्राबिधिक शाखाले जनाएको छ । कनकासुन्दरी गाउँपालिकाको हाँडसिजामा भने टेन्डरको प्रक्रिया अगाडी बढाएको भने काम शुरु हुन सकेको छैन् ।