२०७९, १८ मंसिर आईतवार

प्रदेश सरकार खेलकुदमा लगानी गर्न प्रतिवद्घ छ – मन्त्री विष्ट

सुर्खेत । कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले खेलकुदको विकासका लागी सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्घता व्यक्त गरेका छन ।
कर्णाली प्रदेश खेलकद विकास परिषदद्घारा विरेन्द्रनगरमा आयोजित खेलकुद पत्रकार अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री विष्टले पूर्वाधार विकासले मात्रै खेल क्षेत्र अघि नवढ्ने भन्दै खेलाडी उत्पादनलाई पनि जोडदिनु पर्ने बताए ।
प्रदेश सरकार नयाँ बजेट निर्माणको क्रममा रहेकोले खेलकुदको क्षेत्रलाई प्राथमिकताका साथ बजेटमा समेटिने उनको भनाई छ ।
संचारकर्मीसँगको अन्र्तक्रियामा मन्त्री विष्टले खेल क्षेत्रको विकासमा सञ्चार क्षेत्रको पनि भुमिका महत्वपूर्ण रहेको बताएका छन ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद गठनपछि महत्वपुर्ण खेलकुद सम्वन्धि महत्वपुर्ण गतिविधि हरु भएगरेको उनको भनाई थियो ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सन्जयालले खेलकुदको क्षेत्रमा समेत कलम चलाउन सञ्चारकर्मीसँग आग्रह गरे ।
अन्र्तक्रियामा नेपाल ओलम्पीयन संघका अध्यक्ष एवम् वरिष्ठ खेलाडी दीपक विष्टले लामो समयको परिश्रमले खेलकुदमा अव्वलता हासिल हुने भन्दै कर्णालीमा थुप्रै सम्भावना रहेको बताए ।
खेलकुद मत्रकार मन्च सुर्खेतका अध्यक्ष एवम् पत्रकार भानुभक्त अधिकारीले खेलक्षेत्रलाई एक विधाका रुपमा संचारमाध्ययममा स्थान दिनुपर्नेमा जोड दिए । कर्णालीमा खेलविधामा खासै कलम चल्न नसकेको भन्दै अन्य विधा जत्तिकै खेलकुदलाई संचारमाध्ययमले स्थान दिन सके कर्णालीले खेल क्षेत्रमा प्रगति गर्न सक्ने उनको भनाई थियो ।