२०७९, ७ जेष्ठ शनिबार

सक्रिय संक्रमित बढ्दै

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ । केहि समय अघि झण्डै सून्य अवस्थामा रहेको सक्रिय संक्रमितको संख्या तेस्रो लहर आए संगै तिव्र गतिमा बढ्दै गएको छ । तथ्याङ्क अनुसार कुल परिक्षण गरेका केशहरु मध्ये ५० देखि ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिरहेको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार आईतबार साँझ सम्म कर्णाली प्रदेशभर सक्रिय संक्रमितको संख्या एक हजार तिन सय एक पुगेको छ । आईतबार कुल एक सय २० जनामा एन्टिजेन विधिबाट कोभिड परिक्षण गरिएकोमा ६६ जनामा संक्रमण पुष्टी भएको छ । शनिबार ६ सय ७१ जनामा कोरोना परिक्षण गरिएकोमा २ सय ८७ जनामा संक्रमण पुष्टी भएको थियो ।

छिमेकी देश भारत तथा अन्य तेस्रो मुलुकहरुमा कोरोनाको तेस्रो लहर फैलिए संगै पछिल्लो समय नेपाल फर्कीनेहरुको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ । बाहिरबाट फर्कीनहरुको संख्या बढ्दै गए संगै नेपालमा संक्रमितको सख्ंया दिन प्रतिदिन बढ्दै गएको छ । नेपाल सरकारले संक्रमितको संख्या खतरामा पुगेको भन्दै आउँदा माघ १५ गते सम्मको लागि विद्यालयहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरीसकेको छ ।

कर्णाली प्रदेश सरकारले सम्भावित तेस्रो लहरको जोखिमलाई ध्यानमा राखेर विभिन्न गतिविधिहरु अघि बढाएको छ । पहिलो लहरमा क्वारेन्टिन, आईसोलेसन सेन्टरको अभाव झेलेको कर्णालीले दोस्रो लहरमा अक्सिजन, भेन्टिलेटरको चरम अभाव झेलेको थियो । तेस्रो लहरमा यी समस्याहरु आउन सक्ने भन्दै कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण विभिन्न निकायले गराउँदै आएका छन् । यता प्रदेश सरकारले तेस्रो लहरमा कुनै पनि समस्याहरु नआउने गरी तयारीमा लागिरहेको बताएको छ ।

संक्रमण दिन प्रतिदिन बढ्दै गएकाले आत्यावश्यक काम बाहेक अन्य कामहरुको लागि घर बाहिर ननिश्किनको लागि स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । स्वास्थ्य संस्थाहरु तथा अन्य सरकारी कार्यालयहरु, भिडभाड हुने क्षेत्रमा कोरोनाको जोखिम अत्याधिक मात्रामा बढेको भन्दै त्यस्ता क्षेत्रहरुमा नजानको लागि कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले आग्रह गरेका छन् ।

जोखिम अत्याधिक बढेको भन्दै खड्काले सक्रकता अपनाउन सबै नागरिकमा आग्रह गरेका छन् । कर्णाली प्रदेश अस्प्तालमा ५० भन्दा बढि स्वास्थ्यकर्मीहरुलाई कोरोनाको संक्रमण देखिए पछि जोखिम बढेको भन्दै अत्यावश्यक बाहेक अन्य सेवाहरुको लागि अस्पताल नआउन आग्रह गरिएको छ । यता जिल्ला प्रशासन कार्यालयले आईतबारबाट बार प्राणाली लागु गरेर सेवा विस्तार गरेको छ । भने शुक्रबार बाट हरेक कार्यालयहरुमा जाँदा खोप कार्ड अनिवार्य हुनुपर्ने नीति बनाएर लागु गरेको छ ।

देशैभर थप ६ हजार ४६२ जनामा कोरोना

पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएकाृे छ । हाल देशभर ७७ हजार ४० संक्रिय संक्रमित छन् ।