२०८१, २३ चैत्र आईतवार

तातापनीमा नमूना बजेट तयार

 सुर्खेत, असोज । तातापानी गाउँ विकास समितिमा नमुना (मक) बजेट तयार गरिएको छ । गाउँ विकास समितिको आयोजना युरिपियन युनियनको आर्थिक सहयोग तथा समाज जागरण केन्द्र (स्याक) नेपाल र केयर नेपालको साझेदारीमा संचालित संकल्प परियोजना अन्तरगत नमुनन वजेट प्रस्तुत गरिएको हो । विभिन्न बस्ती भेला वडा भेला हुदै योजनाको प्राथामिकिकरण गरि नमुना वजेट तयार पारिएको हो ।

गाविसले सञ्चालन गनेृ गाउँ परिषद् तथा योजना तर्जुमाका सबै चरणहरु पुरा गरि सम्पन्न गर्ने तथा वजेटलाई लैङ्गीक उत्तरदायी बनाउनको लागी नमुना वजेट बनाइएको संकल्प परियोजनाका जिल्ला कार्यक्रम अधिकृत रेशम चन्दले बताउनुभयो । कार्यक्रममा वडा नागरिक मञ्चका संयोजकहरु, नागरिक सचेतनाका संयोजकहरु एकिकृत योजना तर्जुमाका पदाधिकारीहरु, विभिन्न संजालका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

बजेटको बारेमा गाउँ विकास समितिले दिने वजेटका विषयमा आफुहरु जनकार नभएको र वजेटको बारेमा सबै जनकारी पाएको नागरिकहरुले प्रतिक्रिया दिएका छन् । नमुना वजेट भदौ २६ गतेदेखि संचालन गरि समापन गरिएको हो ।