२०७८, १३ माघ बिहीबार

कर्णालीको गरिबीबारे राष्ट्र संघको चासो

गम्धर्व बस्तीमा पुगेको यूएनको टोली । फोटोः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । कर्णाली प्रदेशको गरिबी, अविकास जस्ता कुराहरुमा संयुक्त राष्ट्र संघ (यूएन)ले विशेष चासो देखाएको छ । प्रदेशमा देखिने खाद्यन्न अभाव, अव्यवस्थित बस्ती विकास, भूमिहिन जस्ता कुराहरुको अध्ययन गर्न यूएनको टोली कर्णालीमा आएको छ ।
यूएनको विशेष ¥यापोटर ओलिभियर डी–स्कटरको नेतृत्वमा आएको टोलीले बिहीबार वीरेन्द्रनगर–११ स्थित गन्धर्व बस्तीको अनुगमन गरेको छ । अनुगमनको क्रममा स्थानीयले यूएनको टोलीलाई आफ्नो समस्या, सरकार संग राख्दै आएका मागहरु राखेका छन् ।

बस्तीको अध्ययन तथा अनुगमन गर्दै टोलीले त्यहाँका समस्या समाधान गर्नको लागि आफ्नो क्षेत्रबाट पहल गर्ने आश्वासन दिएको छ । प्रदेश सरकार, केन्द्र सरकार मार्फत त्यसमा रहेका समस्याहरु समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । गन्धर्व समुदायका समस्याहरु सुन्दै विशेष ¥यापोटर ओलिभियरले लामो समय देखि स्थानीयले भोग्दै आएको समस्या समाधानको लागि केन्द्र सरकार मार्फत विशेष पहल गर्ने बताए ।

जंगलको छेउमा २०५३ सालबाट बसोबास गर्दै आएका गन्धर्व समुदायले सरकारी क्षेत्रबाट कुनै पनि सहयोग नभएको बताएका छन् । सरकारले आफुहरुलाई लालपुर्जा दिनुपर्ने मुख्य माग राख्दै आएको बस्तीले त्यसका लागि पहल गरिदिन विभिन्न राजनीतिक दलहरुलाई आग्रह समेत गरेका छन् ।

टोलीले कर्णालीको बारेमा वीरेन्द्रनगरमा रहेका विभिन्न सरोकारवालाहरु संग पनि विशेष छलफल गरेको छ । छलफलमा कर्णाली प्रदेशको गरिबी, खाद्यन्नको समस्या, अविकास, शिक्षा, स्वास्थ्यको समस्याहरुको बिषयमा चर्चा गरिएको छ ।

कार्यक्रममा फिएन नेपालका कार्यकारी निर्देशक अशोकबहादुर सिंहले कर्णाली प्रदेश संक्षप्ती परिचय सहितको कार्यपत्र प्रस्तुत गर्दै कर्णालीका समस्याहरु समाधान गर्नको लागि राष्ट्र संघलाई सहयोगको लागि अपिल समेत गरे ।

छलफलमा इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले द्वोन्द्वको उद्गम स्थल कर्णालीमा लामो समय सम्म पनि घाईते तथा बेपत्ता परिवारले न्याय नपाएको बताए । प्रदेशको रोजगारी, खाद्यन्न संकट, स्वास्थ्य क्षेत्रमा चरम संकट रहेको तथा प्राकृतिक रुपमा समेत बेला बेलामा कर्णालीले ठूलो क्षति व्यहोरीरहेको भन्दै सहयोको अपेक्षा गरे । कार्यक्रममा खाद्य अधिकार संजालका संयोजक जगत केशीले प्रदेशका बर्षेनी समस्याहरु दोहोरीने भए पनि दिर्घकालिन समस्या समाधानको लागि कुनै कार्य नभएको बताए । यस्तै सहभागि अन्य सरोकारवालाहरुले पनि कर्णालीको समस्याको बारेमा चर्चा गर्दै सरकारी क्षेत्रको गम्भिर ध्यानाकर्षण हुनुपर्ने बताए ।

यूएनको टोलीले अध्ययन तथा अनुगमन गरेर यहाँका समस्याहरुको बिषयमा कर्णाली प्रदेश सरकार तथा केन्द्र सरकारलाई ध्यानाकर्षण गराउने फिएन नेपालका कर्णाली प्रदेश संयोजक प्रकाश नेगीले जानकारी दिए । राष्ट्र संघको टोली जुम्ला, कालिकोट समेत जाने कार्यक्रम रहेको छ ।