२०७८, २७ आश्विन बुधबार

हाई मास्ट लाईटले झिलिमिलि

हाई माक्ट लाईट सञ्चालनमा आए पछि झिलिमिलि वीरेन्द्र चोक । फोटो : हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । वीरेन्द्रनगर बजार क्षेत्रमा जडान गरीएका हाई मास्ट लाईट सञ्चालनमा आए संगै बजार झिलिमिली भएको छ । बजार क्षेत्रका मुख्य–मुख्य चोकमा निर्माण गरिएका लाईटबाट बत्ति बाल्न सुरु गरिएको छ । रातीमा हुने चोरी, दुर्घटना जन्य कुराहरु कम गर्दै सुरक्षा व्यवस्था चुस्त दुरुस्त पार्ने उद्देश्यका साथ वीरेन्द्रनगर नगरपालिकाले बजार क्षेत्रमा हाई मास्ट लाईट जडान गरेको हो । बजार क्षेत्रका विभिन्न १२ वटा ठाउँमा बत्ति जडान गरीए पनि सबै भने सञ्चालनमा आएका छैनन् । क्रमश सबै लाईटहरु सञ्चालनमा आउने क्रममा रहेको वीरेन्द्रनगर नगरपालिकाले जानकारी दिएको छ ।

बजार क्षेत्रमा बत्ति सञ्चालमा आए संगै रातीमा हुने अपराधिक गतिविधिहरु कम हुँने भन्दै व्यवसायी खुसी भएका छन् । सवारी साधन तथा पैदल यात्रीहरुलाई समेत अवात जावतमा सहज भएको छ । बत्ति जडान भएको लामो प्रखाई पछि बत्ति सञ्चालनमा आउँदा एकदमै खुसी लागेको व्यवसायी रमेश थापाले बताए ।

‘बजार रातीमा झिलिमिलि भए पछि आवत जावतमा सहजता भएको छ नै हामी यातायात व्यवसायीलाई पनि आफ्नो पसलको रेकदेख गर्न सहज भएको छ,’ उनले भने, ‘लाईट जडान गर्नु मात्र ठूलो कुरा हैन यसलाई दिर्घकालिन रुपमा टिकाउन सक्नुपर्छ । बजार क्षेत्रका अन्य मुख्य–मुख्य क्षेत्रमा पनि बिस्तार गर्नुपर्छ ।’

प्रदेश राजधानी भए पछि वीरेन्द्रनगर बजारमा जनसंख्या दिन प्रतिदिन बढिरहेको छ । बजार क्षेत्रको धुलियाविट चोक, पिपिचार चोक, खजुरा चोक, मंगलगढी चोक, ऐरीचोक, ट्याम्पु पार्क लगायतका मुख्य चोक चोकमा लाईट जडान गरीएको छ । वीरेन्द्र चोक, गणेश चोक, घण्टाघर लगायतका विभिन्न क्षेत्रमा लाईट जडान गरिएको छ । एक लाईटले २ सय ५० मिटर टाढा सम्म उज्यालो दिने बताइएको छ । सुरुमा लाईट जडान भएको लामो समय सम्म नबल्दा व्यापारी तथा स्थानीयले आक्रोश पोखे पनि बत्ति सञ्चालनमा आए पछि खुसी भएका छन् ।

कर्णाली प्रदेश सरकारको एक करोड र नगरपालिका वडा नम्बर ६ को २० लाखको लगानीमा उक्त बत्ति निर्माण गरीएको हो । जस अन्तर्गत ९ वटा बत्ति ड्राईभ इलेक्ट्रोनिक प्रा.ली काठमाडौँले निर्माण गरेको छ भने ३ वटा आई ड्रिम सोलुसन वीरेन्द्रनगरले निर्माण गरेको वीरेन्द्रनगर नगरपालिकाले जानकारी दिएको छ ।

पक्रियागत रुपमा अघि बढ्ने क्रममा बत्ति सञ्चालनमा ढिलाई भए पनि अब नियमित बत्ति सञ्चालनमा आउने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए । आईतबार देखि क्रमश सबै लाईट सञ्चालनमा आइरहेको उनको भनाई छ । नगरपालिकाले नेपाल विद्युत प्राधिकरण संगको समन्वयमा बत्ति जडान गरेको हो । बत्ति जडान गरे बापत नगरपालिकाले विद्युत प्राधिकरणलाई महशुल बुझाउनुपर्ने हुन्छ ।