२०७८, ८ आश्विन शुक्रबार

कृषि मन्त्री शाहीको दावी, फ्रोरक्रसको बदला लिन फेक भिडियो बनाई प्रचार गरीयो

सुर्खेत । कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आफू माथि लागेको बलात्कारको आरोप सत्य नभएको दावी गरेका छन् । फ्रोरक्रस गरेको बदला लिन एमालेका केहि नेताहरुले आफ्नो फेक भिडियो बनाएर कु–प्रचार गरीएको आरोप लगाएका छन् । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शाहीले काईन मास्टरबाट एडिट गरिएको भिडियो कसले बनाएर चेक गर्नको लागि फरेन्सी ल्याप टेस्टमा जाने समेत बताए ।

‘सार्वजनिक भएको भिडियोमा कोठामा छिरेको देखिने व्यक्ति म नै हो । तर, उहाँ (महिला) सँग त्यसपछि भएको कार्यमा कुनै सत्यता छैन,’ मन्त्री शाहीले भने, ‘कोठामा जाउँला, बाटोमा हिडुँला, ड्रेस मिल्यो भन्दैमा आरोप लगाउन पाइन्छ ? ‘पीडित युवतीले नै म बलात्कार भएको छैन भनिसक्दा पनि फण्डा मच्चाउने काम राम्रो होइन् । भिडियो पूर्ण रुपमा एडिट गरेर सार्वजनिक गरिएको छ ।’ उनले भिडियोबारे मंगलबार (हिजो) मात्र आफूलाई जानकारी भएको दावी गरे ।

यस अघि मन्त्रीको राजिनामा माग गर्दै एमालेका भ्रातृ संगठनले जुलुस निकालेर नभएको विषयमा राजनीतिकरण गर्न खोजेको उनले आक्रोश पोखे । उनले यो प्रकरणमा एमाले नेता यामलाल कँडेलको भूमिका रहेको पनि आरोप लगाए । ‘यो सबै यामलाल कँडेलको डिजाईन हो । अपराध हेर्ने त अदालत ले होला नि । अदालतमा दर्ता भएको खण्डमा त्यो अनुसार अघि बढ्ने हो,’ उनले भने ।

‘बलात्कार गरेको भनिएको भिडियो ल्याबमा टेस्ट गरौं, ल्याबबाट प्रमाणित भएमा मात्र त्यसको आधारमा दोषी–निर्दोषी भनेर भनौँ,’ मन्त्री शाहीले थपे, ‘फेक भिडियो एउटा एप्सबाट बनाइएको छ । ल्याबबाट प्रमाणीत भयो भने त्यो आधारमा अघि बढ्न सकिन्छ ।’

शाहीले यस अघि गएको बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा विश्वासको मत माग्दा फ्रोरक्रस गरेर विश्वासको मत दिएका थिए । फ्रोरक्रसलाई पार्टी भित्रको बैचारिक संघर्ष भएको बताएका छन् । साथै समाजवादको यात्रामा जसले अघि बाटो देखाउँछ हामी उसैको पछि लाग्ने उनले बताए । बलात्कारको आरोप लागे पछि नेकपा एमाले सहित कर्णालीका विभिन्न संघ संगठनहरुले मन्त्रीको राजिनामा माग गरेका छन् ।