२०८१, ६ मंसिर बिहीबार

कर्णालीमा फिजियोथेरापी तथा पुर्नस्थापना सेवाको बर्तमान अबस्था तथा आबश्यक्ता

थोमस गिरी, अध्यक्ष, नेपाल फिजियोथेरापी संघ, कर्णाली प्रदेश

विश्व स्वास्थ्य संगठन द्वारा सन २०११ माजारी गरिएको अपाङ्गता सम्वन्धि प्रतिवेदनका अनुसार कुल जनसंख्याको १५ % मानिसहरु मा कुनै न कुनै प्रकारको अपाङ्गता भएको पाइएको छ । उक्त प्रतिवेदन अनुसार ८०% मानिसहरुको बसोबास गरिब तथा अल्पबिकसित देसहरुमा रहेको छ । सन १९९० देखि २०१७ को समय अबधि भित्र सरुवा रोग बाट नसर्ने रोगको व्यापक्ता बड्दै गएको र औसत आयु १२.६ बर्षले बडेकोले अल्पकालिन र दिर्गकालिन अपाङ्गतामा वृद्धि भएको पाइन्छ । त्यस्ता व्यक्तिहरू को क्रियात्मक सिमिततालाई कम गरि दैनिक जिबनयापनमा सहजता ल्याउनको लागि फिजियोथेरापी तथा पुर्नस्थापना सेवाको दीर्घकालीन आवश्यक्ता पर्दछ । दिगो विकास लक्ष्य ३ मा उल्लेखित भय अनुसार सबै उमेर समुहका व्यक्तिका लागि स्वस्थ जीवनको सुनिश्चितता गर्दै समृद्ध जीवनस्तर प्रवद्र्धन गर्न’
फिजियोथेरापी तथा पुनस्र्थापना सेवा अत्यन्तै आवश्यक छ ।

बढि उमेरका व्यक्तिहरुमा सहभागितामुलक जीवन यापन गर्न र गम्भीर प्रकृतिका बिरामीहरुको अस्पताल बसाइँलाई कम गर्न पुनस्र्थापनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । स्वास्थ्य प्रणालीमा बिशेष गरि स्वास्थ्य समस्याबाट उत्पन्न हुने जटिलता, चोटपटक वा अल्पतथा दीर्घकालिन रुपमा हुने समस्यालाई सम्बोधन गर्न फिजियोथेरापी पुनस्र्थापना आवश्यक छ । पुनस्र्थापना सेवाको बिस्तार गरि यसको अत्याधिक मागलाई सम्बोधनगर्न समन्वय र संगठित सहकार्यको आवश्यकता छ ।

डब्लुएचओ को तथ्यलाई आधार मान्ने हो भने कर्णाली प्रदेशको कुल जनसंख्याको करिब पाँच लाख नागरिकलाई फिजियोथेरापि तथा पुनस्थापन सेवाको आबश्यक्ता देखिन्छ । तसर्थ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकासित गरेको मिनिमम सर्विस स्टान्डर्र्डमा उल्लेख भए अनुसार हरेक जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सन्चालन गर्नु पर्ने भएकोले कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले कर्णाली प्रदेशका हरेक जिल्ला अस्पतालमा फिजियोथेरापिइकाईको स्थापना गरिसकेको छ । तथापी यस सेवामा कर्णाली प्रदेशका नगरिकहरुको पहुचमा वृद्धि ल्याउनको लागि थप सुद्रिढिकरण गर्नु पर्ने देखिन्छ ।

फिजियोथेरापी एक तथ्यमा आधारित उपचार पद्द्ति हो । यो एक बच्चाको जन्म पश्चात जीवनको हरेक काल देखि वृद्ध अवस्थामा दैनिकजीवनको क्रियात्मक क्षमता अभिवृद्धि गराउने उपचार बिधि हो ।
फिजियोथेरापी कुनै पनि स्वास्थ्य समस्याको जाँचपडताल, कार्य क्षमताको निदान र उपचार दिने स्वतन्त्र स्वास्थ्य पेशाभन्ने कुरा नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्थापित गरेको छ । यो चार वर्षको पढाइ सँगै ६ महिना इन्टनसिप गरी नेपाल भारत तथा अन्य देशमा पढाइ भएर नेपाल स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स पश्चात मात्र गर्न मिल्ने स्वास्थ्य सम्बन्धी पेशा हो । नेपाल स्वास्थ्यनीति २०७६ र कर्णाली स्वास्थ्यनीति २०७६ ले पनिफिजियोथेरापीलाई अन्य स्वास्थ्य सेवा जस्तै महत्त्वपूर्ण सेवाको रुपमा स्थापित गरिसकेको छ । नेपालमा हाल लगभग २ हजार जना फिजियोथेरापिष्टहरु रहेको र जस मध्ये कर्णाली प्रदेशमा १५ जनाफिजियोथेरापिष्ट हरु हुनुहुन्छ ।

फिजियोथेरापीले कुनै पनिव्यक्तिलाई स्वास्थ्य, तन्दुरुस्त र चलायमान गराउन मदत गर्दछ जस्तै एउटा प्यारालाइसिस भएका व्यक्तिलाई उठ्ने, बस्ने, हिँड्ने का साथै स्वहेरचाह गर्न मद्दत गर्दछ । त्यसैगरी उमेर अनुसार शारीरिक र बौद्धिक विकासमा ढिलाई भएका बालबालिकाहरुलाई खेल मुखी कसरतको माध्यमबाट पुनर्स्थापना गर्नमा सहयोग पुर्याउँदछ । फिजियोथेरापी हाडजोर्नी सम्बन्धि मात्र नभई स्नायु, स्त्रि तथा प्रसुति, बाल रोग लगायतका समस्यामा उपयोगि हुन्छ । यसैगरी चोटपटक तथा दुर्घटना भई अपाङ्गता भएका व्यक्तिहरूको पुनस्थापना गर्न र कोभिड र पोष्ट कोभिडको उपचारमा पनि उपयोगी हुन्छ ।

फिजियोथेरापी तथा पुनर्स्थापनाको अत्याधिक आवश्यकता भएको तर न्यून पहुँच भएकै कारण फिजियोथेरापी पुन स्थापनालाइजनस्वास्थ्यको एक अभिन्न मुद्दाको रुपमा लिइनु पर्छ । त्यसैगरी नसर्ने रोग तथा चोटपटकको बढ्दो चाप र कर्णाली प्रदेशमा रहेका अत्याधिक घाइते तथा अपांगता भएका व्यक्तिहरुलाई पनि यो सेवा अपरिहार्य छ । गत वर्ष मात्र राष्ट्रियस्तरमा गरिएको मल्टीपल इन्डक्टर कलस्टर सर्भेमा कर्णाली प्रदेश भित्र क्रियात्मक क्षमताको कमी भएका बालबालिका १० दशमलव २ प्रतिशत दुई देखि १७ बर्ष समूहका देखाएको छ र यस्ता बालबालिकाहरूको शीघ्र पहिचान गरी फिजियोथेरापी सहितको आवश्यक स्वास्थ सेवा प्रदानगर्नु पर्ने आवश्यकता देखिन्छ ।

फिजियोथेरापी तथा पुनस्थापना सेवाको तथ्याङ्क स्वास्थको रेकर्डिङ र रिपोर्टिङकमा समाबेस भएको र सो तथ्याङ्क अनुसार निती नियम बनाइनु पर्ने देखिन्छ । पुनस्थापना र सायक सामाग्रिमा गरेको लगानिको ९ गुना प्रतिफल आउछ भन्ने तत्थ्य स्थापित भइसकेको छ त्यसैले यो सेवामा राज्य ,प्रदेश तथा स्थानिय सरकार बाट लगानि गर्नु पर्ने देखिन्छ । सन् २०१९ मा गरिएको नेपाल नेस्नल बुरडन अफ डाइसीसेस स्टडी को तथ्यांक अनुसार अल्पकालीन र दीर्घकालीन अपाङ्गता निम्त्याउने प्रमुख कारकको रुपमा ढाडको दुखाइ को समस्या रहेको छ । यो समस्याको दीर्घकालीन समाधानकालागि फिजियोथेरापी सेवा महत्वपूर्ण भूमिका रहन्छ ।

कर्णाली प्रदेशका ८ जिल्ला (रुकुम र सल्यान बाहेक) अस्पतालहरुमा फिजियोथेरापीइकाई स्थापना भई सेवा सञ्चालन भइसकेको छ । यसले कर्णाली प्रदेशलाई पुनस्थापनाको सवालमा नेपालकै नमुना प्रदेशको रुपमा स्थापित गरेको छ । यो उपलब्धिहरूलाई थप संस्थागत र दिगो बनाउनका निम्ति कर्णाली प्रदेश लोकसेवा आयोग मार्फत मिनिमम सर्भिस स्टेण्डरर्सको व्याख्या अनुसार अधिकृत सातौं तहको स्थायी दरबन्दीहुन जरुरी छ । फिजियोथेरापी सेवाको बारेमा जनस्तरमा न्यून जानकारी रहेको अवस्था छ त्यसैले स्थानीय र प्रदेश सरकार नागरिक समाज, पत्रकार, राष्ट्रिय अपाङ्ग महासंघ, पेशाकर्मी तथाफिजियोथेरापी संघ सँग समन्वय गरी व्यापक प्रचार प्रसार गर्न जरुरी छ । प्रथामिक स्वास्थ्य सेवा माफिजियोथेरापीलाई समावेश गरी जनस्वास्थ्यको एक महत्वपूर्ण कार्यक्रमका रुपमा स्थापित गर्नु पर्छ ।

प्रदेश अस्पताल जस्तो अत्याधिक सेबाग्राहिको चापहुने स्थानमा हाल एक मात्र फिजियोथेरापिष्टको दरबन्दी रहेको र यसले गर्दा पुनस्थापनाको आवश्यकता भएका व्यक्तिहरु समयमै गुणस्तरिय सुविधा पाउनबाट वञ्चित भएका छन् । तसर्थ यो समस्यालाई समाधान गर्न तुरुन्तै जन सक्ति थप गर्न जरुरी छ । फिजियोथेरापिष्टको दरबन्दी कायम गर्दा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशित गरेको मिनिमम सर्भिस स्टेण्डर्स मा उल्लेख भए अनुसार हरेक द्दछ शैयाको अस्पतालहरुमा एकजना र तीनसय शैयाको अस्पतालहरुमा १२ जनाको दरबन्दीहुने व्यवस्थाको रहेको छ ।

फिजियोथेरापि पुनस्थापना सेवाको आवश्यकतालाई महसुस गरी सरकारको नीति तथा कार्यक्रममा समावेश गरिनु पर्ने देखिन्छ । विभिन्न तथ्यांकहरु र वर्तमान अवस्थाहरुका आधारमा हेर्दा फिजियोथेरापितथा पुनस्थापना सेवाजनस्वास्थ्यको एक महत्वपूर्ण मुद्दा हो ।

फिजियोथेरापी सेवालाई सबैको पहुच योग्य बनाउनको निम्ति यस कर्णाली प्रदेशको प्रेशण केन्द्रको रुपमा रहेको प्रदेश अस्पतालमा कम्तीमा पनि छ शैयाको पुनस्थापना वार्ड छुट्याउनु पर्ने र यहाँ सहायक सामग्री जस्तै कृत्रिम हात खुट्टा र गमनसिलता सँग सम्बन्धित सामग्री उत्पादन हुने कार्यशाला निर्माण गर्नुपर्ने देखिन्छ । अस्पतालमा विशिष्टकृत पुनस्थापना सेवा सञ्चालनमाल्याई त्यसलाई प्रेषण प्रणाली मार्फत सम्पूर्ण जिल्ला अस्पतालहरूको फिजियोथेरापीइकाई सँग जोडिनुपर्छ । स्वस्थ्यमा सबैको सर्वव्यापी पहुँच र समताको सिद्धान्तलाई परिपूर्ति गर्नको लागि यो सेवाको सुनिश्चितता नभई नहुने भएकाले फिजियोथेरापी पुनस्थापना सेवालाई उच्च प्राथमिकतामा राखी कार्यान्वय नगर्न जरुरी देखिन्छ ।

थोमस गिरी, अध्यक्ष
नेपाल फिजियोथेरापी संघ, कर्णाली प्रदेश