२०८१, ७ बैशाख शुक्रबार

कोभिड–१९ सेल्फहेल्प समूहमा साढे १२ लाख बढि रकम संकलन

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९)को माहामारीमा ‘अक्सीजन सिलीन्डर का लागि मेरो एक हजार अभियान’ सुरु गरेको कोभिड–१९ सेल्फहेल्प समूहमा साढे १२ लाख बढि रकम संकलन भएको छ । कर्णालीमा कोरोनाको दोस्रो लहर तिव्र गतिमा फैलिएको समयमा प्रदेशका सबैजसो अस्पतालहरुमा अक्सिजनको चरम अभाव भए पनि युवाहरुको समूहले अभियानको सुरुवात गरेका थिए । जस अन्तर्गत १२ लाख ६१ हजार ४ सय ३५ रुपैयाँ संकलन भएको अभियानलाई जानकारी दिएको छ ।

नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष सुदीप पुरीको संयोजकत्वमा सुरु भएको अभियानमा खगेन्द्र पुरी, प्रवाश कुमार शाक्य, मिलनकुमार क्षेष्ठ र धर्मराज आचार्यको सहभागिता रहेको थियो । अभियान अन्तर्गत सुदिप पुरीको खातामा ३ लाख ९४ हजार ४ सय ९५, मिलन क्षेष्ठको खातामा ५ लाख ४६ हजार ९ सय ५१, धर्मराज आचार्यको खातामा ७७ हजार ८ सय २२ रुपैयाँ र टिमले सुरुवात गरेको सनराईज बैंकको खातामा २ लाख ४२ हजार १ सय ६७ रुपैयाँ जम्मा भएको संयोजक पुरीले जानकारी दिए ।

जम्मा भएको रकम मध्ये प्रदेश अस्प्तालमा ८ दिन सम्म दैनिक एक सय रुपैयाँका दरले १ सय ५० जना बिरामी कुरुवा र स्वास्थ्यकर्मीलाई एक लाख २० हजारको पोषिलो खाजा वितरण गरिएको, अक्सीजन रीफील खर्च ७६ हजार ८ सय ४२, अक्सीजन सीलन्डिर खरीद एक थान २५ हजार, अक्सीमिटर तथा सेनीटाईजर खरीद ४५ हजार ६ सय, ६ वटा शव व्यवस्थापन सहयोग खर्च ३० हजार र एम्बुलेन्स सञ्चालन खर्च ५५ हजार ७ सय भएको संयोजक पुरीले जानकारी दिए ।

अभियानले किनेको एक थान सिलीन्डर र १० थान अक्सोमिटर बचेको भन्दै उनले कोरोना पुन जोखिम बढेकाले सहयोग स्वरुप वितरण गर्ने बताइएको छ । कुल संकलित रकम मध्ये तिन लाख ५५ हजार तिन सय ४२ रुपैयाँ खर्च भएको तथा ८ लाख ८४ हजार ४ सय १८ रुपैयाँ समूहको खातामा जम्मा भएको भन्दै अभियानले त्यसबाट एम्बुलेन्स किन्ने तयारी गरेको छ ।

एम्बुलेन्स खरिद तथा सञ्चालनको पक्रिया लामो भएका कारण ढिलाई भएको उनीहरुको भनाई छ । कोरोना तेस्रो तथा अन्य जुनसुकै आवश्यक परेको समयमा सक्रिय हुने अभियानले बताइएको छ । अभियान अन्तर्गत संकलित रकम तथा आम्दानी, खर्च रकम विवरण अभियानको फेसबुक पेज ‘कोभिड १९ सेल्फहेल्प समूह’ मार्फत हेर्न सकिने छ ।