२०७८, २१ श्रावण बिहीबार

योगदान राष्ट्रको लागि दैलेखद्वारा स्वास्थ्य सामाग्री वितरण

सुर्खेत । योगदान राष्ट्रको लागि दैलेखले जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरस कोभिड–१९ दोस्रो लहरका कारण प्रभावित स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

चामुण्डाबिन्द्रासैैनी नगरपालिका–६ स्थित जम्बुकाँध स्वास्थ्य चौकी र प्रहरी चौकी जम्बुकाँधमा स्वास्थ्य समाग्री वितरण गरिएको हो । स्वास्थ्य सामाग्री बिहीबार योगदानको टोलीले कार्यालयमै पुगेर वितरण गरेको हो ।

स्वास्थ्य सामाग्रीहरु सर्जिकल मास्क, सेनिटाईजर, फेस सिल्ड, सर्जिकल ग्लोब्स लगायतका समाग्रीहरु हस्तान्तरण गरिएको हो । कोभिड–१९ को माहामारिमा पनि समानान्तर हिसाबले सेवा प्रबाह गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अग्रपंक्तिमा खटिने कर्मचारीहरुलाई केहि मात्रामा राहत हुने उद्देश्य स्वरुप वितरण गरिएको योगदान राष्ट्रका लागि दैलेखका अध्यक्ष जिवानन्द पाण्डेले जानकारी दिए ।

‘स–साना सहयोगले पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको हौसला बढ्नेछ,’ उनले भने, ‘यस्तै हौसला स्वरुप हाम्रो टिमले अन्य स्थानीय तहमा पनि सहयोग गर्नेछ ।’ चामुण्डा लगत्तै भैरवी गाउँपालिकामा पनि स्वास्थ्य सामाग्रीहरु वितरण गर्ने कार्यक्रम रहेको उनको भनाई छ ।