२०७८, २१ श्रावण बिहीबार

कर्णालीको आर्थिक बर्ष २०७८/०७९ को बजेटमा वृद्धि, ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ३६ अर्ब भन्दा बढि बजेट ल्याएको छ । प्रदेश सरकारको आगामि आर्थिक बर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन् ।

जसमा पुँजीगत तर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार रहेका छ भने चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ । वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ ।

कर्णाली प्रदेश सरकारले आगामि आर्थिक बर्षमा ३० अर्बको हाराहारीमा बजेट ल्याउने तयारी भएको जानकारी दिए पनि अर्थ मन्त्री शर्माले चालु आर्थिक बर्षको भन्दा केहि बढि बजेट प्रस्तुत गरेका छन् । चालु आर्थिक बर्षमा कर्णाली प्रदेश सरकारको बजेट ३३ अर्ब बढि ल्याएको थियो ।

स्वास्थ्य, शिक्षा, कृषि प्रथामिकतामा

बजेटमा स्वास्थ्य पूर्वाधार निर्माणलाई विशेष प्रथामिकता दिइएको छ । मन्त्री शर्माले प्रस्तुत गरेको बजेटमा स्वास्थ्य क्षेत्र सहित, कृषि, रोजगारी लागायतका क्षेत्रहरुमा बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले कोरोना नियन्त्रणको लागि ५३ करोड ९३ लाख बजेट विनियोजन गरेको छ भने समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि २ अर्ब ५१ करोड बजेट छुट्याएको छ ।

बजेटमा प्रदेश राजधानी वीरेन्द्रनगरमा अत्याधुनिक अक्सिजन प्लान्ट स्थापना गर्ने, प्रदेशका १० वटै जिल्लाहरुमा मिनि अक्सिजन प्लान्ट स्थापना गर्ने बजेट छुट्याइएको छ । यस्तै कोरोना भाइरस नियन्त्रणमा अग्रपंतिमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी, सवारी चालक एवम सफाईकर्मीलाई माहामारीको अवधिभर तलबको एक सय प्रतिसत प्रोत्साहन भत्ता दिन बजेट विनियोजन गरेको छ ।

प्रदेश अस्पताललाई सुर्खेतलाई पाँच सय सैया र हिमाली जिल्ला डोल्पा, मुगु र हुम्लामा ५० सैया र पहाडी कालिकोट सल्यान, रुकुम पश्चिम जाजरकोट र दैखेलमा एक सय सैया अस्प्ताल सञ्चालनमा ल्याउने बजेट विनियोजन गरिएको छ ।

प्रत्येक जिल्ला अस्पतालमा कम्तिमा एक भेन्टिलेटर सहितको पाँच आईसियू बेडको व्यवस्था गर्ने, संघिय सरकार संगको समन्व्यमा सबै कर्णालीबासी नागरिकलाई कोरोना विरुद्धको खोप लगाईने बजेट उल्लेख गरिएको छ । यस्तै प्रदेश अस्पतालमा एमआरआई उपकरण खरिद, अन्य अस्पतालमा मडिकल सामाग्री खरिद गर्न १३ करोड ९६ लाख बजेट छुट्याएको छ । प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्थापना गरी नेपालगञ्जमा रहेको स्वास्थ्य आपूर्ती शाखालाई स्तानान्तरण गर्न ३ करोड ३५ लाख बजेट विनियोजन गरेको छ ।

प्रदेश आयूर्वेद औषालयलाई प्रदेश आयूर्वेद अस्पतालको रुपमा विकास गर्ने, प्रत्येक जिल्लामा आयुर्वेद औषधालय सञ्चालन गर्ने, टेलिमेडिसियन सेवा सुरु गर्ने, विशेषज्ञ घुम्ती स्वास्थ्य सेवा सुरु गर्ने, विकटका बिरामीलाई हवाई सेवा मार्फत उद्धार गर्ने, प्रदेश स्थानीय तहमा बर्थिङ सेन्टर सञ्चालन तथा व्यवस्थापन गर्न बजेट विनियोजन गरिएको छ ।

विपदबाट जोगिन दैलेखको राकममा ट्रमा सेन्टर स्थापना गर्न आवश्यक बजेट छुट्याइएको छ । यस्तै शिक्षा तर्फ कर्णाली प्रदेशलाई पूर्ण साक्षर प्रदेशको रुपमा घोषणा गर्ने, प्रवतिय विज्ञान तथा प्रविधि विद्यवविद्यालय स्थापना गर्ने, दलित तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति, जनयुद्ध, प्रदेश प्राप्तीको अन्दोलनमा सहिदका परिवारलाई स्नातक तहसम्म निशुल्क अध्ययन गराउने, छोरी बुहारी, दलित, अपाङ्गता भएका व्याक्तिको लागि छात्रवृति कार्यक्रमलाई निरन्तरता दिने, विद्यालय शिक्षालाई गुणस्तरीय बनाउन प्रत्येक स्थानीय तहमा एक, एक नमुना विद्यालय सञ्चालन गर्ने जसको लागि ३९ करोड ५० लाख बिनियोजन गरिएको छ ।

यस्तै हिमाली र पहाडी जिल्लामा आवाशिय विद्यालय सञ्चालन गरिने, बैंक खाता छोरीको सुरक्षा जिवन भरीको कार्यक्रम निरन्तरता दिइएको छ भने मुख्यमन्त्री जिविको पार्जन कार्यक्रम सञ्चालन गरिने भएको छ । मुख्यमन्त्री दलित आय आर्जन कार्यक्रम निरन्तरता दिइएको छ । यस्तै प्रदेश सरकारले छाउपडी प्रर्था अन्त्य गर्न प्रत्येक क्षेत्रमा किशोरी क्लव बनाई कर्णालीलाई छाउपडि मुक्त अभियान सञ्चालन गर्न बजेट विनियोजन गरेको छ ।

खेलकुद तर्फ संघ सरकारको सहयोगमा वीरेन्द्रनगरमा प्रदेशिक रंगशाला निर्माण गरिर्ने, रुकुमको चैरजहारीमा क्षेत्रिय रंगशाला र प्रत्येक जिल्लामा खेल पूर्वाधार कवड हल निर्माण गर्न स्थानीय तह संघ सहकार्य गरिने बताइएको छ । प्रदेश सरकारले समग्र खेलकुदको विकासका लागि ५९ करोड बिनियोजन गरेको छ ।

कृषि तर्फ विभिन्न पेशामा रहेका कृर्षकलाई अझै उत्साहित बनाउन व्याज अनुदान दिन एक अर्ब बजेट विनियोजन गरिएको छ । बोट र गोठमा लगानी गरौँ भन्ने नाराका साथ प्राङ्गारिक खेती कार्यक्रमलाई प्रथामिकता दिइएको छ । यस्तै रोड करिडोर लक्षित कृषि कार्यक्रमको लागि तिन करोड तिन करोड ७९ लाख बजेट छुट्याइएको छ ।

प्रदेश सरकारले भूमिहिनले खेती गर्न चाहेको अवस्थामा भाडा जग्गा उपलब्ध गराउने र त्यसको भाडा प्रदेश सरकारले तिरिदिने, कृषि उद्योगलाई विद्युत महशुलमा ५० प्रतिशत अनुदान दिने, प्रत्येक स्थानीय तहमा एक हाट बजार सञ्चालन गर्ने, सुर्खेत र अन्य क्षेत्रमा कोल्डस्टोर स्थापना गर्ने, एक स्थानीय तह एक कृषि उत्पादन पकेट कार्यक्रममा समेत बजेट विनियोजन गरेको छ । यस्तै प्रदेश सरकारले मुख्यमन्त्री कृषि सम्मान कार्यक्रम मार्फत प्रदेशभरकै एक जना उत्कृष्ठ किसानलाई सुनको हलो अंकित तक्मा र उत्कृष्ठ २ सय कृषकलाई पुरस्कृत गर्ने नीति लिएको छ ।

सुर्खेतमा प्रादेशिक तथा अन्य प्रत्येक जिल्लामा एक, एक वटा उद्योगग्राम स्थापना गर्ने, लघु, घरेलु तथा साना उद्योगलाई अनुदान दिन, सुर्खेतको छिन्चुमा कर्णाली जडुबुटी प्रसोधन उद्योग स्थापना गर्न बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले जलाथार व्वस्थापन तथा वृक्षारोपण तर्फ २७ कराड ८२ लाख बजेट छुट्याएको छ भने पर्यटन तर्फ २३ करोड १५ लाख बजेट विनियोजन गरेको छ । यसपाली घुमै कर्णाली नासा सहित एक जिल्ला एक पर्यटकीय क्षेत्र लाई प्रथामिकता दिइएको छ भन कर्मचारीलाई पर्यटन खर्च सहित १२ दिनको भ्रमण बिदा दिन बजेट छुट्याएको छ ।

यस्तै राजधानीबाट प्रत्येक जिल्ला सदमुकाम जोड्ने समड, स्थानीय तहको केन्द देखि जिल्ला सदरमुकाम जोड्ने सडक प्रथामिकतामा प्रथामिकता दिइएको छ भने जनता सडक कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई परिमार्जन सहित निरन्तरता दिन ९६ करोड बजेट विनियोजन गरेको छ । खाने पानीको समस्या समाधान गर्न एक अर्ब ७९ लाख, सिचाई तथा नदि नियन्त्रण कार्यक्रमको लागि ६८ करोड ७४ लाख बजेट विनियोजना गरेको छ ।

प्रदेश सकारले २० मेघावट भन्दा कमका जलविद्युत आयोजन निर्माण कार्य अघि बढाइने, कर्णालीमा आफ्नै विद्युत विकास कम्पनीको विकास गर्ने, भेरी बबईको बाँधबाट निर्माण कार्य सुरु गर्ने, भेरी—बबईमा सेयर लगानी गर्ने, कर्णाली उज्यालो कार्यक्रम निरन्तरता दिन बजेट विनियोजना गरेको छ ।
यस्तै गत आर्थिक बर्षका एकिकृत बस्ति विकास कार्यक्रम, जनता आवास कार्यक्रम, सामुहिक विपद दुर्घटना विमा कार्यक्रम, हाम्मा कुडा हाम्म मुख्यमन्त्री कार्याक्रमलाई निरन्तरता दिएको छ ।