२०८०, १८ जेष्ठ बिहीबार

तिन दिनको अवरोध पछि प्रदेशसभाको बैठक निरन्तर, मुद्दाको टुंगो नलाग्दा सम्म भौतिक मन्त्री थापा संसदमा जान नपाउने

सुर्खेत । तीन दिनदेखि अवरुद्ध पछि कर्णाली प्रदेशसभाको बैठक सर्वदलीय सहमतिसँगै सुचारु भएको छ । जेठ २४ गते बोलाईएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो वैठकबाटै प्रदेश सरकारका भौतिक पूर्वाधार एवम् शहरी विकास मन्त्री अम्मरबहादुर थापाको बर्खास्तीको माग राखी प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक अवरुद्ध गर्दै आएको थियो ।

सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको सर्वदलीय बैठकले दुई बुँदे निर्णय समेत गरेका छन् । जसमा भौतिक पूर्वाधार एवम् शहरी विकास मन्त्री थापाको मुद्दा न्यायलयमा बिचाराधिन अवस्थामा रहेको र जेठ ३० गते पेशी तोकिएको अवस्थामा सो अवधिसम्म थापालाई उपस्थित नगराउने सहमति भएको छ । भने अवरुद्ध प्रदेशसभाको बैठक सुचारु ढंगले अघि बढाउने समेत सहमति भएको छ ।

बैठक सञ्चालन पछि विशेष समयमा बोल्दै एमाले संसदिय दलका नेता यामलाल कंडेलले आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रमको लागि सरकारले प्रतिपक्ष संग कुनै पनि छलफल नै नगरेको आरोप लगाए । ‘तिन बर्ष सम्मको सरकारको कामकारवाही हेर्दा सन्तुष्ट हुने अवस्था छैन,’ कंडेलले भने, ‘बजेत तथा नीति कार्यक्रम होटल, होटलमा छनोट भइरहेका छन् । प्रतिपक्षलाई कुनै जानकारी नै छैन ।’ प्रदेश सरकारले राम्रो काम गरेपछि समर्थन गर्ने र नराम्रो कामको रचनात्मक आलोचना गर्ने समेत उनको भनाई छ ।

बैठकमा आगामि आर्थिक बर्षको विनियोजन विद्ययक २०७८ प्रदेशसभामा पेश गर्दै आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले नागरिकको जिवन रक्षाको लागि सरकार प्रथामिकताका साथ लागेको बताए । विघयकका प्रथामिकताहरु प्रस्तुत गर्दै शर्माले कोरोना नियन्त्रण, जनतलाई रोजगारी, भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन जस्ता कुराहरुलाई प्रमुख प्रथामिकतामा राखेको बताए ।

बैठकमा राउटे समुदायका युवतीहरुमाथि भएको यौन दुरव्र्यवहार गर्नेलाई पनि कडा कारवाहीको माग गरिएको छ । प्रदेशसभाका सांस्द ठम्मरबहादुर बिष्टले दोषीलाई कडा कारवाहीको माग गर्दै राउटे समुदायलाई एकिकृत बस्तीको विकास गरेर राख्नुपर्ने बताए । राउटेको लागि गास, बास, कपास, शिक्षा, रोजगारी सहितको व्यवस्थापन गरेर बस्ती विकास गर्नुपर्ने उनको भनाई छ । प्रदेशसभाको बैठक शुक्रबार (आज) दिउसो दुई बजेको लागि बोलाइएको छ ।