२०८१, ७ बैशाख शुक्रबार

हुम्लामा एक कोरोना संक्रमितको मृत्यु

सुर्खेत । हुम्लामा कोरोना भाइरस (कोभिड–१९)बाट पहिलो पटक एक पुरुषको मृत्यु भएको छ । एक साता अघि लक्षण सहितको संक्रमण पुष्टि भएका सर्केगार्ड गाउँपालिका–२ का ५५ वर्षया टोप्ले कामीको ज्यान गएको हो । गएको साता लक्षण सहितको संक्रमण पुष्टि भएका कामीको थप उपचारका लागि घोडामा जिल्ला अस्पताल सिमकोट ल्याउँदैं गर्दा बीच बाटोमै ज्यान गएको सर्केगार्ड गाउँपालिकाका अहेव ववरजंग पालले जानकारी दिए ।

‘संक्रमित कामीको अक्सीजनको लेवल ४० भन्दा तल थियो’ पालले भने ‘गाउँको स्वास्थ्य चौकीमा विद्युत अभावका कारण अक्सीजन दिने अवस्था नभएका कारण उनको ज्यान गएको हो ।’ सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार गराइरहेको कामीलाई जिल्ला अस्पतल ल्याउने क्रममा दुल्ली कुनाको खुँगाडामा ज्यान गएको अहेव पालको भनाई छ । लामो समयदेखि दम रोग लागेको कामीलाई थप उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्न खोज्दा रकमको जोहो नभएकाले घोडामै सिमकोट ल्याउदै गर्दा ज्यान गएको हो ।