ट्राफिकलाई घुस दिने पक्राउ
सुर्खेत । ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ दिएर प्रलोभनमा पार्न खोज्ने २ जना पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर–६ नयाँ बसपार्कमा डिउटीमा खटिएका प्रहरी हवल्दा खेमराज बस्नेतलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का ३४ बर्षीया टिप्पर चालक केशव पुन मगर र सह–चालक १८ बर्पीया राजकुमार थारु पक्राउ परेका हुन ।
उनीहरुलाई नियन्त्रणमा लिएर कानूनी कारवाहीको लागि पक्रिया अघि बढाइएको जिल्ला ट्रफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र प्रसाद आचार्यले जानकारी दिए ।