२०८२, ३ बैशाख बुधबार

एक बर्षमै तीन अभिभावक गुमाए कुमाल परिवारले

सुर्खेत । मुगुको छाँयानाथ रारा नगरपालिका–११ ¥याङ्गचेकाटीका युवराज कुमाल १२ बर्षका भए । आवासिय विद्यालयमा कक्षा ५ मा पढ्दै गरेका युवराजको परिवार अहिले पारिवारिक शोकमा छन् । एकै बर्षमा घरका तिन अभिभावक गुमाए पछि उनको काँधमा सबै परिवारको जिम्मेवारी, पारिवारिक शोक संगै आर्थिक संकट पनि आइपरेको छ । २०७७ असारमा बुवा, असोज र कात्तिकमा हजुर बुवा हजुर आमा काजकिरिया गरेका कुमालको दैनिकी आर्थिक संकटमा गुर्जिरहेको छ ।

घरपरिवारको लागि आर्थिक जोहो गर्न भारत गएका बुवाको भारतमा नै मृत्यु भए पछि उनको परिवार समस्यामा परेको हो । दैनिक ज्याला मजदुरीबाट चलेको उनको परिवारको दैनिकी समेत कष्टकर बन्दै गएको छ । युवराज संगै उनको घरमा आमा सौमती कुमाल र २ भाइ र एक बहिनी छन् ।

घरमा कमाउने संसार छाडेर गए पछि बालबच्चा हुर्काउन एकदमै समस्या भएको युवराजकी आमा सौमती कुमालले दुखेसो पोखिन । ‘घरमा एक पछि अर्को समस्या थपिरहेको छ,’ उनले भनिन, ‘अझै कति पिडा लेखेको छ भाग्यमा । घरमा अहिले साँझ खाए बिहान खाने छैन ।’ गाउँघरमा आफुले गर्ने कुनै काम नै नभएकाले पनि बालबच्चा हुर्काउन गाह्रो भएको उनको भनाई छ । यसरी उनको परिवार गएको असार यता आर्थिक संकट, पारिवारिक शोकमा गुर्जिरहेको छ । तर पछिल्लो समय उनको परिवारलाई केहि सहयोग व्याक्ति र संघसंस्थाहरुले सहयोग समेत गर्न थालेका छन् ।

परिवारको आर्थिक अवस्थालाई बुझेर हाम्रा कुरा डट कमका संस्थापक अजयबावु सिवाकोटी र संसार न्यूज डट कमकी प्रबन्ध सम्पादक चन्द्रिका राना थापा चन्दा) को पहलमा देश तथा विदेशमा रहेका मनकारी व्यक्तित्वबाट २ लाख भन्दा बढि सहयोग जुटाइएको छ । जुन रकम नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्लको रोहबरमा कुमाल परिवारलाई हस्तान्तरण गरिएको छ । सहयोग रकम आए पछि परिवारले आशु केहि हत सम्म पुछिएको छ ।

सहयोग गर्ने व्यक्तिहरुलाई कुमाल परिवारले भगवानको रुपमा लिएका छन् । ‘सहयोग गर्नेहरु आफनो लागी भगवान भएर धर्तीमा आएको बताउनु भएको छ,’ सौमतीले भनिन, ‘यसले बालबच्चा पढाउन, घरपरिवार चलाउन राहत मिल्लनेछ ।’ कर्णाली प्रदेशको दुर्गम जिल्लामा मुगुको एक विकट गाउँमा रहेको उनको परिवारलाई थप सहयोगको खाँचो छ । घर परिवारले सहयोगको लागि अपिल समेत गरेका छन् ।