२०८२, ४ बैशाख बिहीबार

ट्राफिक घुस दिन खोज्ने ६ जना पक्राउ

सुर्खेत । डिउटीमा रहेका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६ जना सवारी चालक पक्राउ परेका छन् । चेकजाँचको क्रममा घुख रकम दिन खोजेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ना ४ ख २८२४ नम्बरका ट्रक चालक धनगढी उपमहानगरपालिका–४ कैलालीका २८ वर्षीय विवेक सिंह, ना ५ ख ९६२४ नम्बरका ट्रक चालक सितगंगा नगरपालिका–९ अर्घाखाँचीका २७ वर्षीय कमल पुन, ना ७ ख ७०२४ नम्बरका ट्रक चालक भरतपुर महानगरपालिका–९ चितवनका ४७ वर्षीय कृष्णबहादुर नेपाली र भे १ ख ३२०८ नम्बरका ट्रक चालक वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतका २४ वर्षीय कमल रजा रहेका छन् ।

यस्तै, बा ३ ख ६२१२ नम्बरका बस सह–चालक कोहलपुर नगरपालिका– १ बाँकेका २४ वर्षीय सुनिल विश्वकर्मा र भे १ ज ६५५ नम्बरका विङ्गरका सह–चालक राप्ती सुनारी गाउँपालिका–२ बाँकेका २१ वर्षीयप्रमोद विक पक्राउ परेका छन् । नेपालगञ्जबाट सुर्खेत आउने क्रममा रत्न राजमार्गको भेरीगंगाबाट ६ जनालाई पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए । पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखिएको उनले जानकारी दिए ।