तरुण दलका नेता कार्यकर्ता युवा संघमा प्रवेश
सुर्खेत । नेपाली कांग्रेस निकट तरुण दलका नेता तथा कार्यकर्ता सहित ९० जना नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालमा प्रवेश गरेका छन् ।
शनिबार पार्टी कार्यालय हटिया चोकमा आयोजना गरिएको एक कार्यक्रममा वीरेन्द्रनगरका तरुण दलका वडा सदस्य सहित ९० जना बढि राष्ट्रिय युवा संघमा प्रवेश गरेको राष्ट्रिय युवा संघ नेपाल सुर्खैतका संयोजनक पदम वनले जानकारी दिए ।
नव प्रवेशी उनीहरुलाई नेकपा सुर्खेत जिल्ला इन्चार्ज नरबहादुर बिष्ट, पार्टी सचिव कृष्ण जिसी लगायतका नेताहरुले स्वागत गरेका छन् ।

