२०८१, २८ फाल्गुन बुधबार

सुर्खेत काँग्रेसले विपी स्मृति दिवसको अवसरमा ग¥यो वृक्षारोपण, विपीको विचार इमान्दारीपूर्वक लागु गर्नुपर्नेमा जोड

सुर्खेत, ६ साउन ।
नेपाली काँग्रेस सुर्खेतको विपी कोइरालाको ३८ औं स्मृति दिवसको अवसर पारेर वीरेन्द्रनगरको सुब्बाकुनामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वृक्षारोपण कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति कमलराज रेग्मीले अहिले देशमा विपीको विचार अत्यावश्यक भएको बताए । ‘अहिले देशमा जहाँतहाँ विवाद नै विवाद देखिने गरेको छ । यी विवादलाई समाधान गर्न विपिको मेलमिलाप नीति अंगिकार गर्नुपर्ने बेला आएको छ ।’ उनले भने, ‘विपी महान विचारक हुन । उनको समाजवाद देशमा लागु गर्न आवश्यक छ । उक्त समाजवाद लागु गरेको खण्डमा मात्रै नेपालको भविष्य उज्जववल छ ।’


कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले विपीको महान विचारबाट काँग्रेस मात्रै नभई अरुले पनि पाठ सिक्नुपर्ने बताए । ‘उहाँ महान विचारक हुनुहुन्थ्यो । उहाँको बाटोबाटै देशको भविष्य सुन्दर बन्छ । उहाँलाई हामीले वर्षमा एक दिन सम्झेर मात्रै हुँदैन । उहाँले देखाएको बाटोमा इमान्दारी पूर्वक हिडौं । अनिमात्र हाम्रो समाज सभ्य बन्नेछ ।’ उनले भने, ‘बोट रोप्नु भनेको काँडा उमार्न होइन । सुन्दर फूल फूलोस भन्ने अभिप्रायले हो । देशैभर सुन्दर फुल फुलुन ।’
कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारीहरु, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।