२०८३, १७ असार बुधबार

ठम्मर विष्टको छनोटमा निर्वाचन क्षेत्रका कस्ता योजना परे ? (पूरा विवरण )

आव २०७७ । ०७८ मा प्रदेशसभा सदस्य ठम्मर विष्टको निर्वाचन क्षेत्रमा  बजेट सहीत कार्वान्वयन हुने योजनाहरु ः
क ) सिंचाइ योजना ः
१) रीठाखेत सिंचाई योजना रु १५ लाख ।
२) राक्से सिंचाइ योजना रु १५ लाख ।
३) भेरी नदी देखी सेराघारी लीफ्ट सिंचाई १ करोड ।
४) गोछेखोला सिरेनी लीफ्ट सिंचाई रु १ करोड ८ लाख ।
५) मुलकुलो सिंचाई योजना सिम्ता गापा सुर्खेत रु ५० लाख ।
६) कमलचौर लापु बरनाथ बांखर्क नालायन सिंचाई योजना सिम्ता २÷ ३ । रु २० लाख ।
७) कापे्रखोला सिंचाई योजना गुर्भाकोट १० लाख ।
८) बह्रागार सिंचाइ योजना गुर्भाकोट गुर्भाकोट रु १० लाख ।
९) नारीङ्गे मसेरी सिंचाइ योजना गुर्भाकोट १० लाख ।
१०) चौर सिंचाई योजना सिम्ता रु १० लाख ।
११) सेरे सिंचाइ योजना सिम्ता रु १० लाख ।
१२) रीठा सिमलखेत तल्लो टाटा काफलकोट सिंचाई योजना सिम्ता १० लाख ।
१३) जाताखानी सिंचाइ कुलो गुर्भाकोट ३ रु १० लाख ।
१४) गोजी टापु सिंचाइ आयोजना वार्ड नं ६ सीम्ता रु १० लाख ।
१५) फुलफुले कालापानी सिंचाइ योजना गुर्भाकोट १ रु १० लाख ।
१६) लामातरा टीमुरे सिंचाइ योजना सीम्ता ८ रु १० लाख ।
१७) शीशाले साजे खेत जुकइखोला सिंचाइ योजना सीम्ता २ रु १० लाख ।
१८) ढोरेनी देखी शशस्त्र क्याम्प सम्मको सिंचाइ योजना गुर्भाकोट १३ रु १० लाख ।
१९) सिंचाइ घर्तीटोल डीप बोरीङ गुर्भाकोट ७ रु १० लाख ।
२०) घुमखोला झायाक्रेघारी कुलो गुर्भाकोट १० रु १० लाख ।
ख)
खानेपानी तर्फ ः
१) गुर्भाकोट बृहत खानेपानी योजना ( गुमी , गोछेखोला, वर्दी माझखर्क, धैरेनी, बिउखोला, सिंधुरखोला, अम्मरेखोला आदी समेत गुर्भाकोट १ देखी १४ ) । ७० लाख ।
२) गुमी खानेपानी योजना सुधार तथा बिस्तार रु १० लाख ।
३) नारीङ्गे मसेरी खानेपानी योजना रु १० लाख ।
४) खारौल खानेपानी योजना रु १० लाख ।
५) कुर्मीखर्क नीग्लेनी खानेपानी रु १५ लाख ।
६) केउरेनी खानेपानी योजना रु ५ लाख ।
७) भीत्रीखोला रपट खहरे ढोरखखोला खानेपानी रु १० लाख ।
८) आकासे खानेपानी संकलन योजना रु १० लाख ।
९) खानेपानी फील्टर टयाङकी रु १५ लाख ।
१०) चाउरेखोला लुकई खानेपानी योजना रु १० लाख ।
११) सिम्ता बृहत खानेपानी योजना रु १५ लाख ।
१२) जुकइखोला सालझरी काक्रेतरा खानेपानी योजना सिम्ता रु ५ लाख ।
१३) घुमखोला आपसोती जनइघाट खानेपानी योजना गुर्भाकोट ११ रु ३ लाख ।
१४) निग्लेनी कुर्मी लीफ्ट खानेपानी गुर्भाकोट ५ रु ३ लाख ।
१५) तिखेचुला गोगनपानी बथानडांडा लीफ्ट खानेपानी गुर्भाकोट ३ रु ३ लाख ।
१६) खानेपानी फील्टर टयाङ्की गुर्भाकोट १४ रु ३ लाख ।
१७) राजापानी फुलबारीकोट खानेपानी गुर्भाकोट नपा ४ रु ३ लाख ।

ग) तटबन्धन ः
१) बुउन राइबिर्सा राकम ६ सीम्ता गापा रु ९ लाख ।
२) जुगइ खोला खास्रा तेत तट्बन्धन सिम्ता १ रु ९ लाख ।
३) गोछेखोला पीपलतडा तट्बन्धन योजना गुर्भाकोट १÷२ रु रु २९ लाख ।
४) दउती डांडांखोला गुर्भाकोट २ रु ९ लाख ।
५) बांखर्क टापु तट्बन्धन सिम्ता १ रु १० लाख ।
६) भेरीनदी तट्बन्धन गुर्भाकोट नपा ९ रु १० लाख ।
७) ढाड खोलामा तट्बन्धन र दमाइको घर देखी माझगाउसम्म बाटो निकासा सीम्ता गापा ४ रु ९ लाख ।

घ) झोलुंगे पुल ः
१) मेहेलकुना भेडावारी झोलुंगे पुल गुर्भाकोट ८ र १० जोड्ने रु २ लाख ।
२) भलटाकुरा सीम्ताखोला झोलुंगेपुल सीम्ता गापा वडा नं ८ रु ९ जोड्ने २ लाख ।
ङ) पक्की पुल

१) पोखरा थक्लेनी जोड्ने गोछेखोला पक्की पुल गुर्भाकोट रु १७ लाख ।
२) भेडावारी आंपगैरा जोड्ने घुमखोला पक्की पुल गुर्भाकोट ११ रु १७ लाख ।ः
३) भेरीपुल सिस्नेपालतल चिउरीवगर सुर्खेत र सल्यानको बिचमा रु १७ लाख ।

च) सडक, पुर्बाधार
१) देउली सिर्पा काफलकोट रहकुल पाठाकाट्ना सडक निर्माण रु १ करोड ६८ लाख ।
२) गोजी आली पस्नाउला कालीखोला मीलनचौर सडक रु १५ लाख ।
३) ओर्दी गोछेखोला फुलफुले रातामाटा राजीगाउ थक्लेनी सडक रु २० लाख ।
४) गोजी देउली सीर्पा काफलकोट पाठो काट्ने सडक रु ५० लाख ।
५) वर्दी थक्लेनी कुर्मी सडक रु १६ लाख १५ हजार ।
६) बांखर्क खनेटा देउली थुम जाजरकोट सडक योजना २० लाख ।
७) बाटेचौर धारापानी सडक रु २० लाख ।
८ ) कृष्णनगर बिशालचोक पण्डीतकाल्ना सडक योजना ५० लाख ।
९) मेहेलकुना वडाखोली कुर्मी सडक रु २ करोड ८० लाख ।
१०) थक्लेनी जारकोट जालकोट झोलुंगे पुल निर्माण गुर्भाकोट ६,७ रु १५ लाख ।
११) बोटेचौर बजार कालोपत्रे गुर्भाकोट नपा ९ रु ५ लाख ।
१२) रातामाटा कत्लेखोला जलुकेनी सडक गुर्भाकोट ५ रु ५ लाख ।
१३) निमारे सोत्तरखोली जारकोट जोड्ने सडक गुर्भाकोट ६ रु ५ लाख ।
१४) सुंगुरखाली घर्तीटोल सडक कल्बर्ड १७ लाख ।
१५) दुनि चोल्पा डांडाखाली वडा कार्यालय सडक रु ५ लाख ।

१६) सार्बजनीक सौचालय निर्माण गुर्भाकोट रु २० लाख ।
नया रणनैतिक सडक ÷ पुर्बाधार तर्फ ः
१) भेडावारी अवलसुर्मा बईजपानी सडक सर्भे भैरहेको ।
२) डांडांखाली दहचौर सडक सर्भे भैरहेको ।
३) लेक मालारानी गुफा प्रर्बद्धन ।
छ ) कृषि सिंचाई ः
१ ) लुकई रोगारय सिंचाई कुलो सिम्ता १ रु २० लाख ।
२ ) चिसापानि सिंचाई कुलो गुर्भाकोट ९ रु २० लाख ।
३ ) धोद्रेखोला हटारेवास नागडोर सिंचाई योजना गुर्भाकोट ४ रु २० लाख ।
४) गोछेखोला बढाखोली लिफ्ट सिंचाई गुर्भाकोट ६ रु ४० लाख ।
ज) कृृषी तर्फ लक्षित बर्ग समुदाय ः
१) काप्रेखोला गुर्भाकोट ४ रु २० लाख ।
झ) शशर्त, समपुरक र बिशेष पुर्बाधार तर्फ ।
१) जहरे सुवाघाट घुमखहरे भेरी किनार सडक रु ६५ लाख ।
२) खरीगैरा आंपखोली मालारानी गुफा डांडांढाब सडक रु ७० लाख ।
३) सौर सिंचाइ योजना तथा डयाम निर्माण गुर्भाकोट नपा ४ रु २० लाख ।
४) मजुवाखोला दाप्चे पुल बेलखोला काल्चे रीड.रोड गुर्भाकोट नपा १ रु २० लाख ।
५) चिसापानी सीम्ले सिंचाइ डयाम निर्माण गुर्भाकोट नपा १२ रु २० लाख ।
६) कालापानी सिस्नेरी सिमसार सडक गुर्भाकोट नपा १ रु २० लाख ।
७) सामुदायिक आंखा उपचार केन्द्रको भवन निर्माण, वडा नं ८ मेहेलकुना रु ४० लाख ।
८) जनकल्याण माबि काप्रीचौर भौतिक पुर्बाधार निर्माण सीम्ता गापा ७ सिम्ता रु ४५ लाख ।
१०) दर्का साकीन्दरा ग्रोभेल सडक सिम्ता गापा ८ रु ३० लाख ।
११) युदालखोला देखी संचालन भएको रजेने सिंचाइ कुलो सिम्ता गापा ९ रु २० लाख ।
१२) गोजी खान्मा आली माझपानी पशनाउला दह नेटा लमना सडक सिम्ता गापा रु ३० लाख ।
१३) माथिल्लो रागेसीमल सिंचाइ सिम्ता ८ रु १० लाख ।
१४) दलीत सुन्दर बस्ती बिकास कार्यक्रम सिम्ता ६ रु ४० लाख ।
१५) बांखर्क गान्द्रा सडक स्तरउन्नती ७० लाख ।
१६) गोजी आली चोल्पा सडक ७० लाख ।
ज) शीक्षा तर्फ ः
१) श्री गुर्भाकोट बहुमुखी क्याम्पस गुर्भाकोट ९ सहारे रु ४० लाख ।
२) श्री नेपाल राष्टिय आधारभुत बिद्यालय सीम्ता ८ साहुखोला रु ५० लाख ।
३) श्री सुर्यज्योती माबि सोन्तला सिम्ता १ रु १० लाख ।
४) श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय गुर्भाकोट १० भेडावारी रु १० लाख ।
५) बर्थिड सेन्टर सुधार संचालन र ब्यबस्थापन सीम्ता ३ दुर्पाला रु २० लाख क्रमागत अन्र्तगत ।
६) सादमदायीक आंखा उपचार केन्द्र भवन निर्माण गुर्भाकोट ८ मेहेलकुना रु ४० लाख ।
७) गुर्भाकोट नगरपालीका समानीरण अनुदान रु १ करोड २ लाख १५ हजार ।
८) सिम्ता गापा समानीकरण अनुदान १ करोड २ लाख ।
नोट ः
१) गत आबमा संचालन भएका सडक, पुल, सिंचाइ, खानेपानी लगाएतका पुर्बाधार तर्फ क्रमागत रुपमा बजेटको ब्यबस्था गरीएको छ ।
२) यस आवको बजेट कोभीड १९ माहामारी केन्द्रित र प्रदेशका प्रत्यक वडामा ब्यबसायीक,रोजगारमुलक एब आयआर्जनसंग संबन्धित भएकोले पुर्बाधार तर्फको रकम घट्न गई त्यस तर्फ केन्द्रित गरेको र त्यस्ता रोजगारमुलक कार्यक्रमहरु ठोस कार्यबिधी निर्माण भई प्रत्यक वडा तहमा संपन्न गरीने छ ।
३) बिद्युत र संचार अन्र्तगत यहां उल्लेख गरीएको छैन । किनकी त्यस संबन्धी सबै वडालाई समेट्ने गरी काम संपन्न भैरहेको र सबै ठाउमा बिद्युतीकरण यही साल भित्र संपन्न गर्ने लक्ष लीएको छ । यदी कुनै कारणबस छुटेको भए सचिवालयमा फायल सहीत जानकारी गराउनु होला । साथै टेलीकम अन्र्तगत प्रभाबकारी तुल्याउन सबैतिर ४ जी सेवाको सुचारु गर्न काम भैरहेकोले सम्भवत यो बर्ष भित्रनैं पहुच नपुगेका सबै ठाउमा टेलीकमको बिस्तार भैसक्ने छ ।