२०८३, १७ असार बुधबार

साउन एक गते कर्णालीमा सार्वजनिक विदा

सुर्खेत, ३० असार ।
कर्णाली प्रदेश सरकारले साउन एक गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । २०७७ जेठ १२ गते बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरे अनुसार विदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुल खड्काले बताए । उनका अनुसार साउन एक गते साउने संक्राति तथा देउडा पर्वको अवसरमा विदा दिइने निर्णय भएको हो ।