२०८१, ८ बैशाख शनिबार

मुख्यमन्त्री शाहीद्वारा जाजरकोट घटनाप्रति दुःख व्यक्त, राहत र उद्दारमा कुनै कमी नहुने

कर्णाली प्रदेशको जाजरकोट जिल्लाको बारेकोटमा गएराति गएको पहिरोमा परी ज्यान गुमाउनेप्रति मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख प्रकट गरेका छन् ।

शुक्रवार उनले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘बारेकोट र आज बिहान रुकुम (पश्चिम) जिल्लाको आठबिसकोट नगरपालिकामा वर्षासँगै गएको पहिरोमा परी भएको मानवीय क्षतिप्रति म गहिरो दुख व्यक्त गर्दछु ।’

जाजरकोट जिल्ला बारेकोट गाउँपालिका वडा नं. ४ जिरीमा गएको पहिरोमा परी ७ जनाको मृत्यु हुनुका साथै ५ जना अहिलेसम्म बेपत्ता रहेको र रुकुम (पश्चिम) जिल्ला आठविसकोट नगरपालिका वडा नं. ३ रेझेखोलामा गएको पहिरोमा परि २ जनाको मृत्यु र १ जना घाइते भएका छन् ।

मुख्यमन्त्री शाहीले विपदमा परी मृत्यु हुनेहरूमा भावपूर्ण श्रद्धाञ्जली र पीडामा परेकालाई गहिरो समवेदना प्रकट गरेका हुन् ।

मुख्यमन्त्री शाहीले बेपत्ताहरूको खोजी, विस्थापितका लागि राहत र मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट विपद जोखिम बीमा रकम भुक्तानी दिने प्रतिबद्धतासमेत व्यक्त गरे