२०८१, २१ बैशाख शुक्रबार

मन्त्री फेर्ने दवावमा मुख्यमन्त्री शाही, निर्णय गर्न सकस

सुर्खेत।
संघीय सरकारले मन्त्री परिषद हेरफेर गरिसकेपनि कर्णाली प्रदेश सरकारले भने अहिलेसम्म मन्त्री परिषद हेरफेर गर्न सकेको छैन । अहिले प्रदेश सभामा बजेट अधिवेशन चलिरहँदा सांसदहरु सरकार कछूवा गतिमा हिडिरहेको, काम गर्न नसकेको, मन्त्रीहरु स्वेच्छाचारि भएको जस्ता आरोपहरु लगाइरहेका छन् । ‘सरकारले डल्लो बजेट ल्याउने, मन लाग्यो भने मात्रै डल्लो बजेटबाट अन्यत्र बजेट दिने मन्त्रीहरुको व्यवहार देखियो ।’ सत्तँरुढ दल नेकपाका सांसद करवीर शाहीले भने, ‘सरकारका मन्त्रीहरुले अपेक्षाकृत रुपमा काम गर्न सकेका छैनन् ।’

नेकपाका प्रमुख सचेतक गुलावजंग शाहले सदनमा बोल्दा यस्तै कुरा राखे । ‘सरकारको गति बढेन । यस्तै हो भने यसरी नै चल्ने हो भने सरकारले काम गर्न सक्दैन ।’ उनले भने, ‘सरकारले अब गति बढाउनुपर्छ ।’ उनको आशय सक्ने भए काम गरि देखाउने नसक्ने भए सरकारले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने नै हो ।

प्रदेश सभा सदस्य बद्यीक्वारी बोहोराले पहिलेका गाउँ विकास समितिका संरचनालाई सदनमै समरण गरिन । ‘उतिबेला महिलाका नाउँमा, दलितका नाउँमा बजेट गाउँमा जान्थ्यो । प्रदेश सरकार गठन भइसकेपछि एक रुपैंया पनि त्यसरी जान सकेको छैन ।’ उनी भन्छिन्, ‘यो तरीकाले कसरी विकास हुन सक्ला ? कसरी आम नागरिकले सेवा सुविधा पाउलान ?’

पछिल्लो समयमा सरकारका मन्त्रीहरुको व्यापक आलोचना भइरहेको छ । अवैध रुपमा कायृविधि निर्माण देखि मनलाग्दी कार्यकर्तालाई अनुदान बाँडने सम्मका कुरा लोकान्तरमा आएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मन्त्री फेर्न दबाब आइरहेको मुख्यमन्त्री श्रोतको दाबी छ । ‘अहिले सरकारका बारेमा धेरै कुरा सत्तारुढ सांसद देखि मिडियाले उठाइरहेका छन् । कोरोनासँग लडिरहेको प्रदेश सरकारलाई मन्त्रीहरुको कामले थप आलोचित बनाइरहँदा मुख्यमन्त्री तनावमा छन् ।’ श्रोत भन्छ, ‘मुख्यमन्त्री शाही आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला बाहेक अन्य मन्त्रीलाई कामको आधारमा परिवर्तन गर्न चाहन्छन् । पार्टीमा कुरा मिलेको खण्डमा अबको एक महिनामा सरकारका मन्त्री फेरबदल हुने कुरा करिब करिब पक्का नै छ ।’

मुख्यमन्त्री शाहीले चैत १२ गते नै मन्त्री फेरबदल गर्ने तयारी सुरु गरेको बताएका थिए । ‘सरकार अब तीव्र गतिमा अघि बढन चाहन्छ । त्यसकालागि एक दुइ हप्तामै मन्त्री फेरबदल हुन्छन् ।’ नयाँ नेपालसँग अन्र्तवार्ता दिदै मुख्यमन्त्री शाहीले भनेका थिए, ‘कामको आधारमा मन्त्री हटाउने काम हुन्छ ।’

उनले उक्त कुरा एक पटक मात्रै होइन बारम्बार भनेका थिए तर उनले अहिलेसम्म मन्त्री हेरफेर गर्न त परको कुरा, भौतिक विकास मन्त्रालयमा मन्त्री नियुक्तसम्म गर्न सकेका छैनन् । ‘मन्त्री फेर्ने कुरा चर्को रुपमा सत्ताँरुढ सांसदबीच उठिरहेको छ । यो क्रम सुरु भएको एक वर्ष भन्दा बढि भइुसकेको छ । यी मन्त्रीले काम गर्न सकेनन्, अन्य मन्त्री बनाएर भएपनि सरकार अघि बढनुपर्छ भनेर मुख्यमन्त्रीलाई बारम्बार हामीले भनिसकेका छौं । उहाँमाथि हामीले दबाब पनि दिइरहेका छौं ।’ नाम उल्लेख नगर्ने शर्तमा सत्तँरुढ दलका अर्का सांसदले भने, ‘तर उहाँले चाहेर पनि मन्त्री हटाउन सक्ने अवस्था कर्णालीमा देखिएन । दल भित्रै पनि विवाद छ भने माथिल्ला तहका नेताहरुबाट पनि उनले हरियो झण्डा पाइसकेका छैनन् ।’

सरकारमा बसेका एक मन्त्रीले बजेट पारित भएपछि मन्त्री फेरबदल हुनसक्ने बताए । ‘पार्टीले हामीलाई मन्त्री बन्न पठाएको थियो । पार्टीले निर्णय गरेको खण्डमा हामी मन्त्री पद छोडन तयार छौं ।’ ती मन्त्रीले भने, ‘निर्णय नभइकन कसरी राजीनामा दिनु ?’

मुख्यमन्त्री शाही भने मन्त्रीहरु आफैंले राजीनामा दिइ मार्ग प्रशस्त गर्लान कि भन्ने आशामा रहेको श्रोत बताउँछ । ‘मन्त्री आफैंले राजीनामा दिएको खण्डमा उहाँलाई सहज हुने थियो ।’ श्रोत भन्छ्, ‘संसदीय दलमा पनि विवाद कायमै रहेका कारण संसदीय समितिका अध्यक्ष चयनमासमेत समस्या परिरहेको छ । सायद बजेट पारीत भएपछि मुख्यमन्त्री शाहीले मन्त्री फेरबदल गर्नेछन् ।’

सम्बन्धित समाचार