रेडियो सुन्दै, कहर मेटाउदै
कालिकोट ।
सेभ द चिल्ड्रेन र किर्डाक नेपाल द्वारा सन्चालित नेपाली युवाहरुका लागि स्वस्थ रुपान्तरण र परियोजनाले महामारीलाइ ध्यानमा राख्दै आफ्ना पुर्व निधारित कार्यक्रमलाई रेडियो मार्फत समुदाय सम्म पुगाउन सुरु गरेको छ ।
कालिकोट जिल्लाका ३ वटा पालिकामा सन्चालित परियोजनाले विशेषतः जिल्लाका १५ देखि २४ वर्ष का युवती तथा महिलाहरु प्रति लक्षित गरी रेडियो नाटक “स्वस्थ रुपान्तरण ” प्रशारण गर्दै आएको छ। तर रेडियो कार्यक्रम भने सबै मानिसहरु का लागि उत्तिकै महत्वपूर्ण रहेको उक्त परियोजना प्रमुख अमर सार्कीले बताए ।
कोरोना सङ्क्रमण रोक्न सरकारले गरेको वन्दावन्दीले गर्दा समुहमा गएर सुरक्षित मातृत्व, परिवार नियोजन, किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य, सम्बन्धिका अत्यावश्यक सुचना, तथा परामर्श सेवालक्षित बर्ग सम्म पुगाउन नसकिने भएकाले रेडियो मार्फत किशोरी तथा युवति समुहलक्षित“स्वस्थ रुपान्तरण” रेडियो कार्यक्रम सञ्चालन गरेर सचेतीकरणको अभियानलाई निरन्तरता दिईरहेको कार्यक्रम का अनुगमन तथा मूल्यांकन अधिकृत रविन्द्र शर्माले वताए ।
उनले वन्दावन्दीमा समुह समुहमा छलफल गर्न नसक्ने भएकाले जिल्लाका दुईवटा समुदायिक रेडियोको माध्यमवाट आफ्नो अभियानलाई जारी राखेको वताए ।
समुहमा आवद्घ भएका किशोरी तथा युवतीहरुका लागि स्वास्थ रुपान्तरणका वारेमा पाठ्यक्रममा आधारीत रहेर रेडियो कार्यक्रम संचालन गर्ने, बन्दाबदीको अवस्थामा समुहका किशोरी तथा युवतीहरुको प्रजनन स्वास्थ्य सम्बन्धी सूचनाप्रवाह गर्न,कोरोना भाईरस रोग (कोभिड– १९) रोगथाम सम्बन्धी जन चेतनामुलक सन्देशहरु प्रसारण गर्ने तथा परियोजनाको विषयमा केन्द्रित भएर सहभागिका जिज्ञासा हरुको समाधान गर्ने रेडियो कार्यक्रम प्रभवकारी भएको पत्रकारमहासंघ कालीकोटका अध्यक्ष तुलाराम पाण्डेले बताए ।
जिल्लामा रहेको रेडियो नयाँ कर्णाली र रेडियो प्रदेश आवाजवाट कार्यक्रम प्रशारण भईरहेको समुहमा सहजकर्ताले पनि जानकारी दिएकाले समुहमा रहेका किसोरीहरुले सुन्ने गरेको अध्यक्ष पाण्डेले बताए । सानै उमेरमा हुने बिवाह र त्युपछिको गर्भाधारणले गर्दा किशोरीमा पार्ने, असर, परिवारमा हुने द्धन्द्ध, सानै उमेरका गरेको विवाहले उनिहरुको जिवनमा पार्ने दिर्घकालीन असरका वारेमा रेहिडो मार्फत जानकारी गरिदै आएको छ ।
यसैगरी रेडियो कार्यक्रम लाई प्रभावकारी बनाउनको लागि ३ वटै पालिका का ३० जना सहजकर्ता हरुमार्फत रेडियो कार्यक्रमबारे जानकारी सबै समुहका सदस्यहरु सम्म पुर्याउदै आएका छन्।
रेडियो कार्यक्रम नियमित सुन्ने जो सुकैले आफ्नो स्वास्थ्यमा बिषेश ध्यान दिन सक्ने कुराको आफुले अनुभव गरेको काडाचक्र नगरपालिका २ निवासी बिन्दु पान्डे ले बताइन् । ‘आफुले पहिलो जानकारी पाएको थिएन । म शिसोरी भन्दा अलि माथिल्लो उमेरकी भएर होला उहाँको कार्यक्रम सहभागी थिएन ।’ तर पछिल्लो समयमा रेडियो मार्फत कार्यक्रम आउन थालेपछि आफुले प्रजनन स्वास्थ्यका वारेमा धेरै जानकारी पाएको वताइन् । साथै रेडियो कार्यक्रम असाध्यै राम्रो र सुचनामुलक भएको उनले बताइन्।

