२०८३, १७ असार बुधबार

‘भर्चुअल कक्षा’ लिदै, भाषा सिक्दै कर्णालीका सभामुख

सुर्खेत, २८ जेठ ।
नीति, विधि बनाउने लोकतन्त्रको सुन्दर संस्था संसदको नेतृत्व गरिरहेका कर्णाली प्रदेश सभाका सभामुख अन्य भाषा सिकाई गर्न थालेका छन् । उनी हरेक साँझ सात बजे देखि आठ बजेसम्म भर्चुअल कक्षा लिइरहेका छन् । ‘लकडाउन सुरु भएकै दिन देखि मैले यो भर्चुअल कक्षा लिइरहेको छु । यो कक्षामा मैले विभिन्न भाषाहरु सिक्दै आइरहेको छु ।’ हिन्दी र नेपाली भाषामा अब्बल सभामुख राजबहादुर शाहीले भने, ‘भाषा जति सिकेपनि राम्रै हुन्छ भन्ने लागेर यो समयको सदुपयोग गरेको हो ।’ उनले सिकाईमा उमेरले केहि फरक नपर्ने बताए । ‘जीवन नै सिकाई हो जस्तो मलाई लाग्छ ।’ उनले भने, ‘क्षमता अभिवृद्धि गर्ने एक अवसरका रुपमा मैले लकडाउनलाई कहि कतै नगएर सदुपयोग गरिरहेको छु । आज प्रदेश सभाको बैठक बस्दैछ । सायद अब धेरै कामको चाप बढछ होला । तरपनि समय निकालेर सिकाई जारी रहनेछ ।’


सभामुख राजबहादुर शाही चैत ११ गतेदेखि हालसम्म लकडाउनको अवधिमा कहि पनि गएका छैनन् ।