२०८१, २८ फाल्गुन बुधबार

‘हामी बरु हेलिकप्टर बुक गछौंँ, सरकार दैलेख गइदेऊ’

सुर्खेत, २४ जेठ ।
दैलेख निर्वाचन क्षेत्र नं.–२ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य राजबहादुर बुढाले दैलेखमा कोरोनाले भयावह अवस्था ल्याइसकेको बताउँदै सरकारलाई दैलेख गइदिन आग्रह गरेका छन् । प्रतिनिधि सभाको शनिबारको बैठकलाई सम्वोधन गर्दै सांसद बुढाले सरकारले कोरोनाको लपेटा धेरै भएको दैलेखमा ध्यान नदिएको बताएका छन् ।
‘दैलेख जिल्ला अहिलेको अबस्थामा कोरोनाको केन्द्र बनिरहेका बेला पनि सरकारले ध्यान दिएको छैन ।’ उनले भने, ‘‘दैलेखमा कोरोनाले उग्र रुप लिएको छ । बरु हामी केन्द्रमा रहेका तीनै जना सांसद (दैलेखबाट निर्वाचित) को पारिश्रमिकबाट हेलिकप्टर हामी बुक गछौँ दैलेखीको रोदन, कठिनाई, समस्या बुझिदिन सरकार तत्काल दैलेख गईदिनुप¥यो ।’
दैलेखमा १२ हजार भन्दा बढि नागरिकहरु भारत लगायत अन्य मुलुकबाट जिल्लामा भित्रिएको बताउँदै संक्रमितको संख्या दिनानुदिन बढिरहेको उनको भनाई थियो । तर, पनि सरकारले जती ध्यान दिनुपर्ने हो त्यो अनुसारको ध्यान दैलेखमा नदिएको बुढाले भनाई छ । उनले भारतबाट आएका सबै नागरिकको पिसीआर परिक्षण गर्दा तीन हजार भन्दा बढि नागरिकमा कोरोना संक्रमण देखिन सक्ने आँकलनसमेत गरे ।
सांसद बुढाले तत्काल केन्द्र सरकारले सेना, प्रहरी र स्वास्थ्यकर्मीको टोलिलाई पीसिआर मेसिन सहति दैलेखमा उपस्थित गराउन आग्रह समेत गरेका छन् । उनले अस्थायी शिविर खडा गरेर भएपनि दैलेखी जनताको परिक्षणलाई तिव्र बनाउन सरकारलाई ध्यानआकर्षण समेत गराएका छन् ।